Sunday, August 20, 2017

मनासस तीज हर्सोउल्लास साथ सम्पन्न ,संकलित रकम बाढी पिडितको लागि धुर्मुस सुन्तलीलाई दिने

बिगत बर्ष झैँ यस बर्ष पनि महिला दिदि बहिनीहरुको महत्वपूर्ण चाड मनासस ‘हरितालिका तीज’ हर्सोउल्लास साथ सम्पन्न भएको छ l सधै भरि अपेक्षा गरिएको भन्दा ज्यादा सहभागी हुने भएकोले ठुलो क्षमता भएको कार्यक्रम स्थलमा कार्यकम गरिएको थियो l

अमेरिका मै जन्मेका ,नेपाली बोल्न सिक्दै गरेका र नेपाली पाठशाला पढ्दै गरेका दोश्रो पुस्ताका नेपाली बालिकाहरुले तीजका गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए l यसको साथै डिसी महानगर क्षेत्रका छेउ छाउका शहर बाट आएका समुह ,व्यक्तिगत तथा सामुहिक रुपमा तीजका गीतमा नृत्य तथा गीत प्रस्तुति गरेका थिए l र अधिकांश चेलीबेटीहरु तीजका गीतहरुमा मनोरंजन गर्दै नृत्यमा मस्त देखिन्थे l

कार्यक्रम अमेरिका नेपाल सहयोगी समाजको आफ्नै परियोजना अमेरिका नेपाल शिक्षा सदन को बिशेष सहयोगतथा डिसी वरपरका संघ संस्था तथा नेपाली समुदायको बिशेष संलग्नतामा भब्य तीज कार्यक्रमको आयोजना गरेको हो l

कार्यक्रममा कुनै भाषण र मन्तब्य नराखी संस्थाकि अध्यक्ष कमला खरेलले सवैलाई स्वागत गर्दै नया सदस्य बन्नेहरुलाई संस्थामा स्वागत गरिन l र अध्यक्ष खरेलले देशमा बाढी पिडितको लागि जे जति रकम संकलन हुन्छ त्यो पैसा धुर्मुस सुन्तली मार्फत पठाउने बताईन l

डिसी महानगर क्षेत्रमा सक्रिय रहेको अमेरिका नेपाल सहयोगी समाज स्थापना काल देखि नेपाल छोडी परदेशमा रहेका दिदि बहिनिहरुलाई माईति कै जस्तै वातावरण बनाउन एक थलोमा जम्मा गराई तीज मनाउदै आएको छ l

कार्यक्रममा बालबालिकाहरुको लागी बाहिर खेल्ने स्थानको व्यवस्था गरिएको थियो भने कार्यक्रममा बच्चा, बृद्ध, पुरुष तथा आमन्त्रित पाहुनाहरुको बाक्लो उपस्थिति रहेको थियो l दर्जनौ महिलाहरुले बिगत बर्ष झैँ एकै प्रकारका पोशाक लगाएका थिए भने तीजलाई अझ रौनक बनाउन पुरुषहरु पनि नेपाली पोशक दौरा सुरुवालमा आएका थिए ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...