Monday, August 28, 2017

हिमालयन भाईब्स” द्वारा टोरोन्टोमा नेपाली लोक सांगितिक धून प्रस्तुत

टोरोन्टो, बहु सास्कृतिक मुलुक क्यानडाको १५० औं बार्षिकोत्सबको उपलक्ष्यमा टोरोन्टो स्थित स्कार्बोरोमा आयोजित बिशेष कार्यक्रममा नेपाली लोक संगीत तथा संस्कृति को प्रबर्द्दनको लागि हालै स्थापित “हिमालयन भाईब्स” सांगितिक समुहले नेपाली लोक संगीत तथा नृत्य प्रस्तुत गरेको छ ।

प्रसिद्द मादल बादक सानुराजा महर्जनको नेतृत्वमा हरि लम्साल, प्रदीप बान्स्कोटा, सुरज शर्मा, सम्बिदा खनाल, उत्तम माकजू लगायतको सो समुहले मादल, बाँसुरि, धिमे, गिटार, खिं, चाँप,हार्मोनियमको तालमा रेशम फिरिरि, बसन्त नै बस्न खोज्छ तथा सोरठी का धून प्रस्तुत गर्दा दर्शकहरु एकचित भएर श्रवण गरि रहेका थिए । साथै बिजु सिह्को नेवाः लोक नृत्यले पनिदर्शकहरुलाई तताएका थिए । समग्रमा नेपाली प्रस्तुतिलाई लिएर दर्शकहरुले मुग्ध कण्ठले प्रशंसा गरेका थिए।

बिभिन्न मुलुकको आ आफ्नो प्रस्तुति रहेको सो कार्यक्रममा सो क्षेत्रका सांसद बील ब्लैयर लगायतका अरु अतिथिहरुले बहु सास्कृतिको महत्व बारे प्रकाश पार्नु भएको थियो। स्मरण रहोस, “हिमालयन भाईब्स”ले टोरोन्टो क्षेत्रमा हुने बिभिन्न अन्तर राष्ट्रीय कार्यक्रममा नेपाली संगीत को परिचय दिन्दै आएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...