Thursday, August 31, 2017

तेम्बा नुर्बु लामा, भुवन आचार्य, शुशिल क्षेत्री र सुर्बण पोख्रेलले रबिना थापालाई समर्थन गर्ने

कृष्ण के सी/अगष्ट ३१, २०१७
गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन आगामी हप्ता अर्थात सेप्टेम्बर ५ र ६, २०१७ मा हुने भएको छ।

निर्वाचनको अन्तिममा आउँदा आपसी समर्थन लिने, दिने तथा ध्रुवीकरण तिब्र गतिमा चलेको छ। प्रतिमिनेट जसो फरक-फरक रुपमा भएको बैठकले नयाँ मोडमा पुर्याएको छ।

यसै बीच बरिष्ठ उपाध्क्षका उम्मेदवार तेम्बा नुर्बु लामा (शेर्पा), उपाध्यक्षका उम्मेदवार भुवन आचार्य, सदस्यका उम्मेदवारहरु शुशिल क्षेत्री र सुवर्ण पोख्रेलले अध्यक्ष उम्मेदवार रबिना थापालाई समर्थन गर्ने कुरा जनाउनु भएको छ। बिजयको उन्मुखमा पुग्नु भएकी रबिना थापाको टिम यो समर्थनसंगै झन् सशक्त भएको छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...