Thursday, August 24, 2017

प्रेस स्वतन्त्रताप्रति पार्टी प्रतिबद्ध : अध्यक्ष प्रचण्ड

काठमाडौँ, ८ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रता हनन हुने कुनै पनि गतिविधिमा आफ्नो पार्टीको संलग्नता नरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीलाई बधाई दिन आज साँझ प्रचण्ड निवास लाजिम्पाटमा आयोजित स्वागत कार्यक्रममा उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

अध्यक्ष दाहालले भन्नुभयो– “हाम्रो पार्टी र यसका कार्यकर्ताबाट प्रेस स्वतन्त्रतामा कहीँ कतै हनन हुने काम भएमा खबरदारी गर्नुहोला, हामी त्यस्तो कार्य गराउने पक्षमा छैनौँ ।”

महासङ्घका अध्यक्ष गोविन्द आचार्यसहित पदाधिकारीलाई बधाई दिँदै उहाँले नयाँ कार्यसमितिको सफल कार्यकालको कामना गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महत र माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पनि बधाई र शुभकामना व्यक्त गर्नुभयो ।

सो अवसरमा अध्यक्ष आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि पक्षबाट अवरोध नगराउन पार्टीहरुको सहयोगी भूमिका हुनुपर्नेमा जोड दिनुभयो ।

यही भदौ ६ गते निर्वाचित ४७ सदस्यीय नयाँ कार्यसमितिले शुक्रबार बिहान पदभार ग्रहण गर्दैछ । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts