Monday, August 28, 2017

अमेरिका नेपाल महिला संघ (आन्वा)को नि:शुल्क स्वास्थ्य शिबिर हरेक महिना मेरिल्याण्ड तथा भर्जिनियामा

अमेरिका नेपाल महिला संघ (आन्वा )ले हरेक महिना मेरिल्याण्ड तथा भर्जिनियामा नि:शुल्क स्वास्थ्य शिबिरको आयोजना गर्ने भएको छ l सन् २००५ मा स्थापना भएको आन्वाले मेरिल्याण्ड राज्यमा सन् २००७ देखि नै स्वास्थ्य शिविर संचालन गर्दै आई रहेको छ l

निशुल्क स्वास्थ्य शिबिरमा स्वास्थ्य परिक्षण हुनुको साथै रगत परिक्षणमा मधुमेय ,रक्तचाप,इकोग्राम(मुटु धड्कन जाच )आदि ईत्यादी नि:शुल्क हुने छ l बिशेष गरि बिमा नभएका ,बृद्ध ,नेपाल बाट भ्रमण तथा भेटघाटमा अमेरिका आएका बुवाआमा आदिले समेतलाई निशुल्क जाच गरिने छ l

संस्थाले जनाए अनुसार मेरिल्याण्डमा हरेक महिनाको अन्तिम आइतवार १२ बजे देखि ४ बजे सम्म तथा भर्जिनियामा हरेक महिनाको दोश्रो शनिबार बिहान ९ बजे देखि १२ बजे सम्म नेपाली चिकित्सकहरु द्वारा स्वास्थ्य परिक्षण गरिने छ l

भर्जिनिया को रेस्टनमा जाच गराउन 12359 Sunrise Valley Dr, Suite 320,Reston, VA 20191 ठेगानामा आउनु पर्ने छन् भने मेरिल्याण्डमा जाच गराउन 15300 New Hampshire Ave,Silver Spring, MD 20905 को ठेगानामा आउनु पर्ने छ l

अग्रिम रुपमा नाम लेखाउन आरएन (स्वास्थ्य परिचारिका )मंजु सग्रौला लाई # 202 341 8696 ,सुनिता श्रेष्ठ (आरएन -स्वास्थ्य परिचारिका) #: 240 350 7414 तथा स्वयम सेवक मिना प्रधान संग सम्पर्क # 443 465 9365 गर्न सक्नु हुने छ l

आधारभूत स्वास्थ्य शिविर भएकोले आकस्मिक सेवाको लागि ९११ मा सम्पर्क गर्न सक्नु हुनेछ l

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...