Sunday, August 27, 2017

एनआरएनए नाइजेरियाको छैटो राष्ट्रिय अधिबेशन सम्पन्न । जनक बिष्ट अध्यक्षमा निर्बाचित ।

लेगोस , नाइजेरिया ।

गैर आबासिय नेपाली संघ नाइजेरियाको छैटौं राष्ट्रिय अधिबेशन नाइजेरियाको लेगोसमा सम्पन्न भएको छ । अधिबेशनले जनक बिष्टको नेतृत्वमा संघको सन २०१७ – २०१९ का लागि नयाँ कार्यसमितीको चयन गरेको छ । जसमा उपाध्यक्षहरुमा बिश्वास पौडेल , बिरेन्द्र गुप्ता , उर्मिला रोका महासचिबमा रोशन थापा , कोषाध्यक्षमा रोहित भाङ्गर , सचिबमा अभिषेक मान सिंह र भरत रिजाल , महिला संयोजकमा अन्जु पौडेल , युबा संयोजकमा इन्द्र टन्डन र सदस्यहरुमा प्रकाश अर्याल , रुद्र दर्लामी मगर , आरती न्यौपाने टन्डन , मदन बोहोरा , उत्तम पौडेल , सारिका क्षेत्री र सन्तोष योगीलाई निर्बाचित गरेको छ ।

त्यसै गरि अधिबेशनले चिरञ्जीवी रोकालाई अन्तरास्ट्रिय समितीको सदस्यमा मनोनयन गरेको छ भने प्रमुख सल्लाहकारमा हिक्मत थापा , सल्लाहकारहरुमा चिरञ्जीवी रोका , डा . तारा प्रसाद श्रेष्ठ , राजेन्द्र मुल्मी र मन थापालाई चयन गरेको छ ।

संघको छैटौं राष्ट्रिय अधिबेशनको समुदघाटन गर्दै संघका अन्तरास्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापाले एनआरएनए नाइजेरियाले आफ्नो दस बर्षको इतिहासमा अफ्रिकामा रहेका नेपालीको दुखसुखमा एनआरएनएलाई एकमात्र सह्योगी सस्थाको रुपमा स्थापित गराएको र अप्ठ्यारोमा पर्दा मार्तुभुमीलाई सकेको सहयोग गरेकोमा सबैलाई गौरावान्नित गराएको छ भन्नू भयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...