Tuesday, August 1, 2017

शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्छ मन्त्री प्रधान

काठमाडौँ, १७ साउन । रक्षामन्त्री भीमसेनदास प्रधानले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकाले तिनकोे समुचित प्रयोगमा जोड दिने बताउनु भएको छ ।

जनप्रशासन क्याम्पसको ४१ औँ वार्षिक दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सरकारले करिब रु ६६ अर्ब शिक्षा तथा रु ३१ अर्ब स्वास्थ्य क्षेत्रमा लगानी गरे पनि अझैसम्म सर्वसाधारणको यस क्षेत्रमा पहुँच पुग्न नसकेको बताउनुभयो ।

विश्वविद्यालयको गुणस्तर बढाउन, वेबसाइट निर्माण गर्न र शैक्षिक पात्रोअनुसार पठनपाठन सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाले यहाँ अध्ययन गरेका विद्यार्थीले मुलुकका विभिन्न विधामा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँदै अब मुलुकलाई कस्तो जनशक्ति चाहिने हो, त्यसमा अनुसन्धान केन्द्रित हुुनुपर्छ भन्नुभयो ।

क्याम्पस प्रमुख हरिभक्त शाहीले हरेक निकायमा जनप्रशासन अध्ययन गरेका व्यक्तिको माग बढेकाले मुलुकको नयाँ संरचनानुसार सातै प्रदेशमा जनप्रशासन क्याम्पसको विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम संयोजक टेकनाथ दाहालले यस क्याम्पसले देशको प्रशासनिक क्षेत्रलाई मानव संशाधन आपूर्ति गर्दै आइरहेको जानकारी गराउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...