Wednesday, August 23, 2017

तरुण दल कास्कीले बाढी पीडितका लागि सांगीतिक कार्येक्रम गरि राहत संकलन गर्ने

बाढी पिडितहरुको सहयोगार्थ नेपाल तरुण दल कास्कीले सहयोग संकलन गर्ने भएको छ | नेपाल तरुण दल जिल्ला कार्यसमिति कास्कीको भाद्र २ गते बसेको बैठकले लगातारको वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा रहेका बाढी र पहिरोमा परेकाहरुको लागि र बिस्थापिरुको लागि राहत स्वरुप एकदिने सांगीतिक कार्यक्रम गरि सो कार्यक्रम बाट संकलित सम्पूर्ण रकम पिडितको राहतका लागि प्रदान गर्ने भएको छ |

भाद्र १० गते पोखराको मानव अधिकार चोकमा आयोजना गरिने उक्त कार्यक्रममा नेपालका ख्याति प्राप्त कलाकार कर्ण दास, बिबेक श्रेष्ठ, रामभक्त जोजिजु, बिनोद बानिया, इतु जोजिजू, योगेश काजी, मार्कस दास, नेपाल लोकतान्त्रिक संस्कृतिक संघ कास्की लगाएतको प्रस्तुति रहने छ भने कार्यक्रममा धेरै भन्दा धेरै दर्शकको सहभागिता गराई सहयोग रकम संकलन गर्ने उद्देश्य रहेको सचीब नरेन्द्र थापाले जनाए |

यही साउनमा परेको अविरल वर्षाका कारण देश बाढी र पहिरो बाट आक्रान्त बनेको छ | पहाडमा पहिरो र तराई डुबानमा परेको त सबैलाई बित्तित नै छ | बाढीले देशको पहाडी भेगका साथै सम्पूर्ण तराई तथा पूर्वी भू-भाग डुबानमा पर्नुका साथै तराईका जनताले एतिबेला ठुलो जनधनको क्षति बेहोरेका छन् | यस विपदको समयमा ज्यान गुमाउने प्रति हार्दिक श्रद्दान्जली अर्पण गर्दै घाइते हरु प्रति शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछौ भनि अध्यक्ष मनोज गुरुङद्वारा हस्तक्षरित बिज्ञप्तिमा जनाइएको छ | कार्यक्रम सफल पार्नका लागि सबैले आफ्नो आफ्नो ठाउँ बाट आवश्यक सहयोग गरिदिन साथै उक्त सांगीतिक कार्यक्रममा सबैलाई सहभागिताको लागि आपिल गर्दै दैबी प्रकोप र प्राकृतिक प्रकोपका बेला पनि सधै जस्तै सबै नेपाली एकजुट भएर सामना गर्नुपर्ने पनि गुरुङले बताए |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...