Monday, August 21, 2017

एल सेरिटो क्यर्लिफ़ोर्नियामा तीज सम्पन्न

क्यालीफ़ोर्निया राज्यको सन् फ्रान्सिस्को नजिक रहेको एल सेरिटोमा हरितालिका तीज मनाईएको छ l कार्यक्रम क्रियटिभ नेपाल युथ ओर्गनाईजेसनले आयोजना गरेको हो भने उक्त तीज कार्यक्रममा चेलीबेटी ,आमाबुवा, दाजुभाइ तथा बालबालिकाहरुको उपस्थिति रहेको थियो l

गायिका नलिना चित्रकार तथा स्थानीय कलाकारहरुले तीजमा गीत तथा नृत्य प्रस्तुति गरेका थिए l क्रियटिभ नेपाल युथ ओर्गनाईजेसनका महासचिब पुण्य कार्की ले मातृभूमिमा हालै आएको बाढी पहिरो पीडितहरुको लागि राहत सङ्कलन अभियानको रुपमा कार्यक्रम समर्पित गरेको बताए l

उक्त कार्यक्रम बाट उठेको सम्पूर्ण रकम खर्च कटाएर पीडितलाई दिने घोषणा समेत गरेको छ l तीजको रमाइलो २०७४” नामक कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुने सबैलाई संस्थाले धन्यवाद दिएको छ l

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...