Monday, August 28, 2017

एनआरएनए माडागासकरको नया समिति को गठन ,अध्यक्ष पदमा कंडेल निर्वाचित

गत अगस्त २७ तारिखमा भएको अफ्रीकाको माडागासकरको गैर आवासिय नेपाली सघको दोस्रो साधारण सभा सम्पन्न भयो l उक्त सभामा अध्यक्षमा शिव राज कंडेल, उपाध्यक्षमा दान बहादुर थापा ,महा सचिवमा होम श्रेष्ठ ,सचिवमा मर्क गुरुङ ,कोषाध्यक्ष मा पुर्ण बहादुर खड्का निर्वाचित भएका छन्

यसै गरि सदस्यहरुमा रामेश्वर राणा ,तेज बहादुर कार्की , ईन्द्र बहादुर खत्री, बाश आले मगर ,दीपेन्द्र खतिवाडा ,धन राज सवा लिम्बु, हिम बहादुर बुढाथोकी ,पेम्बा शेर्पा निर्वाचित भएका छन् l

यसै गरि उक्त भेलाले सल्लाहकारहरुमा कर्ण शेर राई ,आङ गेल जि शेर्पा ,चन्द्र बहादुर खड्का लाई मनोनित गरेको छ l १३ सदस्य नयाँ कार्य समिती २ बर्ष को लागि चयन गरिएको छ ।अन्तर राष्ट्रिय समिती सदस्यमा रमेश राई लाई चयन गरिएको छ । कार्यक्रम देशमा डुबान र पहिरोमा परी जयान गुमाएकाहरुको आत्माले शान्ति मिलोस भनी एक मिनेट मौन धारण गरी सुरु गरिएको थियो ।गैर आवासिय नेपाली सघ माडागासकर स्थापना २०१५ मा भएको थियो ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...