Friday, August 25, 2017

शनिबार र आईतबार टोकियोमा १० औँ नेपाल फेष्टिवलमा वर्ल्ड नेवा:अर्गनाईजेशन जापानले बिबिध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने

 

 

शनिबार र आईतबार टोकियोमा १० औँ नेपाल फेष्टिवलमा वर्ल्ड नेवा:अर्गनाईजेशन जापानले बिबिध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने जापानमा नेपालको कला संस्कृति सहित पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले आयोजना हुदै आएको नेपाल फेष्टिवल २०१७ शनिबार र आईतबार टोकियो उएनाे पार्कमा एन आर एन जापानले आयोजना गर्दैछ ।

शनिबार अगष्ट २६ तारिक टोकियो उएनो पार्कमा बिहान १० बजेबाट सुरु हुने फेष्टिवलको उदघाटन १२:३० बजे हुने छ। जापानका परराष्ट्र मन्त्रालयका प्रमुख सहित जापानका लागि नेपाली राजदूत प्रतिभा राणा तथा गैरआवासीय नेपाली संघ एनआरएनए उपाध्यक्ष भवन भट्टले एकै साथ उदघाटन गर्दै हुनुहुन्छ।

दुई दिवसिय नेपाल डे फेस्टिवलमा वर्ल्ड नेवा:अर्गनाईजेशन जापानद्वारा प्रस्तुत गरिने नेवार भेष भुषा र सांस्कृतिक कार्यक्रमहरु उल्लासमय रुपमा सम्पन्न गरिने भएको छ l यसपालिको फेस्टिवलमा जापानी साथीहरुलाई पनि सहभागि गराइने कुरा संस्थाका प्रतिनिधि यामाकावा मासाहिरो (ब्यांचा दाई )ले बताउनु भएको छ l लाखे ,झ्यालिंचा नाच,तायमचा नाच ,घिन्ता घिसी नाच ,धिमे नाच ,नेवार नृत्यहरु ,खिं तथा नेवार बाजागाजा ,कुमारी तथा नेवार भेष भुषाको प्रस्तुतिले नेपालको जात्रा जस्तै भरपुर मनोरंजन दिने योजना रहेको कुरा संस्थाका प्रतिनिधि जनक राज शाक्यज्युले बताउनु भएको छ ।

जापानबासी नेपालीहरु उक्त दिन सकेसम्म जापानी साथीहरुलाई साथमा लिइ अगस्त २६ र २७ मा सकेसम्म धेरै जापानीहरुलाई सहभागि गराई नेपाल डे फेस्टिवल मा उपस्थित हुन् वर्ल्ड नेवा:अर्गनाईजेशन जापान हार्दिक अनुरोध गर्दछौं l जापानी साथीहरुलाई फ्री मा हाकु पतासि सारीको व्यवस्था गरिएको हुनाले कार्यक्रम स्थलमा सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौं l

गत वर्षको नेपाल डे फेस्टिवलमा वर्ल्ड नेवा:अर्गनाईजेशन जापानले प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रमको केही झलकहरु :

http://bit.ly/2xkps9r

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...