सडकको छेउमा रहेको पानीले भरिएको खाल्टोमा डुबेर रौतहटमा चार बालिकाको मृत्यु भएको घटना नसेलाउँदै फेरि दुई बालिकाको खाल्टोमा डुबेर मृत्यु भएको छ । रौतहटको दुर्गा भगवती गाउँेपालिका वार्ड नम्बर ४ झिटकैयाका तेजा साहकी ६ वर्षीया छोरी सीताकुमारी साह र उनकै दाजु राम आधार साहकी १२ वर्षीया छोरी कौशिलाकुमारी साहको खाल्टोमा डुबेर मृत्यु भएको हो । नजिकैको झाँझ खोलाको किनारमा रहेको खेतको खाल्टोमा जमेको पानीमा खेल्ने क्रममा मंगलवार दुवै बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपि यज्ञविनोद पोखरेलले बताएका छन् ।
No comments:
Post a Comment