भक्तपुर, भदौ १३। भक्तपुरमा पहिलोपटक सर्वसुबिधासम्पन्न मोबाइल हाउस संचालनमा आउने भएको छ। सूर्यविनायकस्थित गणेश मन्दिर जाने बाटोमा सबै किसिमको सेवा सुविधा सहितको मोबाइल हाउस सञ्चालनमा आउने भएको हो । भक्तपुरका युवा व्यवसायी सुवास महत, दिनेश केसी, राजन श्रेष्ठ र हेटौडाका रुद्रमणि धितालले करिब १ करोडको संयुक्त लगानीमा उक्त मोबाइल हाउस सञ्चालनमा ल्याउन लागेका हुन् ।
यस मोबाइल हाउसमा एकै छाना मुनि सम्पूर्ण ब्राण्डको मोबाइलहरु विक्रिवितरण गर्नुका साथै मोबाईल मर्मत पनि गरिने मोबाइल हाउसका कार्यकारी प्रमुख रुद्रमणि धितालले जानकारी दिए । बजारमा मोबाइल छान्दै हिड्नुपर्ने झन्झटबाट मुक्त हुन पनि भक्तपुरमा एउटा मोबाइल हाउसको जरुरत देखेर नै यो व्यवसाय संचालनमा ल्याएको उनको भनाई छ । उनको अनुसार एकै छानामुनि यहाँ १ हजार देखि १ लाखसम्मका मोबाइल पाइनेछन। ग्राहकलाई ‘टच एण्ड फिल जोन’ मार्फत सेवा सुबिधा दिने मोबाइल हाउस भक्तपुरकै सुबिधासम्पन्न मोबाइल हाउस भएको हाउसका प्रमुख कार्यकारी धितालको ठोकुवा छ ।
हाउसका अध्यक्ष सुवास महतका अनुसार दशैँ अघि सञ्चालनमा ल्याउने अन्तिम तयारीमा रहेको यो हाउसमा १६ वटा मोबाइलको शोरुम र ४ वटा सर्भिस सेन्टर(मर्मत केन्द्र) रहनेछन् । उनका अनुसार हाउसमा आउने जोकोही सेवाग्राहीले एउटा मोबाईल खरिद गर्दा रित्तो हात फर्किनु नपरोस भनेर हात खालि नहुने उपहारको समेत व्यवस्था रहेको छ। ग्राहकको लागि केहि सिमित मोडेलहरुमा एउटा मोबाइल खरिद गर्दा अर्को फ्रीमा दिइने उपहार योजना पनि लागु गर्ने हाउसका अध्यक्ष महतले जानकारी दिनुभयो।
हाउसले बम्पर उपहार अन्तर्गत टिभी, फ्रिज लगायतका उपहार सेवाग्राहीलाई प्रदान गर्ने भएको छ । आगामी दिनमा ग्राहकको रोजाई, चाहना र आवस्यकता अनुरुप सेवा सुबिधालाई परिस्कृत गर्दै लगिने हाउसका प्रमुख कार्यकारी धितालको योजना छ।
No comments:
Post a Comment