रिजवुड नेपाली समाजले आयोजना गरेको श्रीमद् भागवत महायज्ञमा नेपाली जन सम्पर्क समिति अमेरिकाले १ लाख २५ हजार डलरको सहयोग गर्ने घोषणा गरेको छ l करिब १ करोड़ २५ लाख रूपैया बराबर को चेक (धनादेस ) आज रिजउड नेपाली समाजलाई महापुराणमा धनादेश (चेक )हस्तान्तरण गरेको छ l
नेपाली जन सम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले अन्य पदाधिकारीहरुको उपस्थितिमा आज अगस्त २९ तारिख महा पुराण को अन्तिम दिन महापुराणमा अहिले सम्म कै सवै भन्दा ठूलो रकम चन्दा प्रदान गरेका छन् l नेपाली जन सम्पर्क समिति अमेरिका सबै भन्दा ज्यादा रकम दान दिने संस्था भएको छ l
रिजउड नेपाली समाज तथा महापुराण आयोजक समितीले नेपाली जन सम्पर्क समिति अमेरिकालाई बिशेष धन्यबाद दिएको छ । नेपाली जन सम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट ले पण्डित दिनबन्धु पोख्रेल तथा नेपाली राजदुत अर्जुन कुमार कार्की(बिद्या वारिधि )लाई कृतज्ञता गरे l
बिष्टले रिजवुड नेपाली समाज लाई गरेको कदम र अहोरात्र खट्ने सवैमा कृतज्ञता ज्ञापन गरे l दान धर्म गर्दा अरुलाई स्वईक्षा ले दिने हो l कबुल गरेको रकम समयमा दिनु पर्छ अध्यक्ष बिष्टले भने l एक बर्ष भित्र उक्त रकम भुक्तानी गर्ने बताए l
अध्यक्ष बिष्टले नेपाली जन सम्पर्क समिति कसै संग प्रतिस्प्रद्धा गर्न चाहदैनौ भन्दै साथी भाई हरु संग सल्लाह गरेर रिज वुड नेपाली समाज लाई १ लाख २५ हजार डलर प्रदान गरेको बताए l
No comments:
Post a Comment