Saturday, September 9, 2017

सभ्यता बचाउने र संस्कृति जोगाउने शिक्षा आवश्यक – प्रधानन्यायाधीश

काठमाडौँ, २४ भदौँ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफूलाई परिवर्तन गर्न नचाहनेले अरुलाई रुपान्तरण र परिवर्तनको पाठ पढाउने अधिकार नरहने बताउनुभएको छ ।
मोर्डन कन्या मल्टिपल कलेजको १० औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित महिलाको हक हितमा कानूनी संरचना विषयक अन्तक्र्रियामा उहाँले स्वरोजगार तुल्याउने, सभ्यतालाई बचाउने र संस्कृतिलाई जोगाउने शिक्षा अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

प्रधानन्यायाधीश पराजुलीले शिक्षाको माध्यमबाटै समाजको विभेद् हटाउन सकिने भएकाले सामाजिक रुपान्तरण र लैङगिक समानताका विषय समेटिएका चेतनामूलक कार्यक्रम गाँउगाँउ पु¥याउनुपर्छ भन्नुभयो ।
वाणिज्यमन्त्री मीन विश्वकर्माले रुपान्तरणमा शास्त्र होइन, प्रवृत्ति बाधक रहेको उल्लेख गर्दै विविधतालाई विभेद्मा बदल्ने इतिहासलाई हामीले बदलिसकेका छौँ भन्नुभयो ।
उहाँले भन्नुभयो, “विविधता सम्पति हो, विभेद् गलत हो, प्रवृत्ति बदलिएपछि रुपान्तरण गर्ने मार्गमा कुनै बाधा अड्चन हुदैन । यो पटक÷पटकका घटनाले पुष्टि गरिसकेको पक्ष हो ।”
नेपाली काँग्रेसका नेता महेश आचार्यले औपचारिक शिक्षामा मात्र नभइ महिला सशक्तिकरण र चेतना जगाउने सवालमा कलेजले पु¥याएको योगदान निकै प्रशंसनीय रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– “राजनीतिक गर्नेले नीति, नियम र विधानप्रति प्रतिबद्ध हुनुपर्छ भन्ने पक्षलाई कसैले कही पनि बिर्सन हुँदैन, अन्यथा राजनीति र राजनेताप्रति जनताको आस्था र विश्वास कमजोर बन्न पुग्दछ ।”
पूर्वमन्त्री एवं संविधानविज्ञ् नीलाम्बर आचार्यले नारी शिक्षाले समाजलाई उज्यालो बनाउने पक्षलाई दृष्टिगत गरी मोर्डनकन्या कलेजले नारी शिक्षामार्फत असल पुस्ता निर्माणमा बेग्लै पहिचान दिन सफल भएको बताउनुभयो ।
मुलुकमा आत्मनिर्भर शिक्षा तथा अनुशासन र नैतिकताको खडेरी परिरहेको अवस्थामा न्यून शुल्कमा ४०० भन्दा बढी छात्रालाई कलेजले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताइयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...