Saturday, September 9, 2017

एनआरएन अमेरिकाका नव निर्वाचित बिजयी कार्यकारी समितिका पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण समारोह मेरिल्याण्डको पशुपति बुद्ध मन्दिरमा सेप्टेम्बर १६ मा गरिने

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति( गैआने रासस )अमेरिकाको भर्खर सम्पन्न भएको निर्वाचनमा बिजयी भएका नव निर्वाचित कार्यकारी समिति (२०१७ -२०१९) का लागि पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण समारोह डीसी महानगर को नेपाली मन्दिरमा हुने प्रमाण पत्र बितरण गरिने भएको छ l

डीसी महानगर क्षेत्रको मेरिल्याण्ड राज्यको वेल्सभिल स्थित नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र स्थित पशुपति बुद्ध मन्दीरमा गरिने भएको राष्ट्रिय निर्वाचन समितिले जनाएको छ l आगामी सेप्टेम्बर १६ तारिख बिहान १० :३० बाट सुरु हुने उक्त प्रमाण पत्र वितरण कार्यक्रममा सवैलाई सहभागिता हुन् आग्रह समेत राष्ट्रिय निर्वाचन समितिले गरेको छ l

निर्वाचन समितिले आयोजना गरेको उक्त समारोहमा अमेरिका का धेरै राज्यहरु बाट बिजयी उम्मेद्वारहरुको साथै गैर आवासीय नेपाली संघ अभियानमा लाग्ने समस्त सदस्य तथा शुभचिन्तकहरु पनि सहभागी हुने छन् l

ठेगाना यस प्रकार छ :

20520 Beallsville Road ,Dickerson MD 20842

सेप्टेम्बर १६

बिहान १० :३०

 

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...