Friday, September 29, 2017

राजदेवी मन्दिरमा १२ हजार बलि

महेन्द्रनगर, धनुषा, १३ (रासस): जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा गए राति १२ हजार ३०७ बोकाको बलि दिइएको छ ।

राति ८ः१९ मिनेटमा शुरु भएको बलिको कार्यक्रम ३ बजेर २१ मिनेटसम्म चलेको थियो । गत साल मन्दिरमा १४ हजार ६१७ बोकाको बलि दिइएको राजदेवी पूजाका मूल आयोजक महावीर युवा कमिटीका पूर्वअध्यक्ष सुनिलकुमार प्रसादले बताउनुभयो ।

निष्ठापूर्वक राजदेवीको पूजा गर्दा मनोवाञ्छित फल प्राप्त हुने विश्वास छ । नवमीका दिन आज बौद्धीमाई मन्दिरमा पनि बलि प्रदान गरिने पूजा मूल समितिका संयोजक एवं राम युवा कमिटीका अध्यक्ष शम्भुप्रसाद साह प्रेमीले दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...