Friday, September 15, 2017

गायक प्रराज पौडेलको “कहिले तिम्रो आखा” सार्बजानिक (भिडियो सहित)

काठमाडौँ : सुमधुर आवाजका धनि गायक प्रराज पौडेलको नया गित “कहिले तिम्रो आखा” सार्बजानिक भएको छ l दर्जनौ गितहरुमा सुमधुर स्वरभरिसकेका गायक प्रराजले पछिल्लो समय नेपाली सुगम संगीतमा आफ्नो छुट्टै छाप छोड्न सफल भएका छन l नेपाली सांगीतिक फाटमा एक उदाउदोनक्षत्रको रुपमा उदयमान गायक प्राराज दर्शक, श्रोता, गीतकार तथा संगीतकारहरुको समेत रोजाइमा पर्दै गएका छन l

पछिल्लो समय अमेरिकामा रहेर नेपाली गीत संगीतमा अहोरात्र खटिरहनु भएकी साहित्यकार तथा गीतकार अम्बिका गुरुङको शब्द रहेको रोमान्टिक गीत“कहिले तिम्रो आँखाले” को म्युजिक भिडियो अहिले सार्वजनिक भएको छ ।

गुरुङले आफ्नै गीति एल्बम ‘भावसागर’को शीर्षकबाट भावसागर ईन्टरटेन्मेन्ट एलएलसी च्यानलबाट सो गीत युट्युब मार्फत सार्वजनिक गरेकी हुन् । गीतमानिल गुरुङको संगीत रहेको छ भने सुमन केसीले संगीत संयोजन गरेका छन् ।

भिडियो अर्जुन अधिकारीले निर्देशन गरेका छन् । भिडियोमा निराजन प्रधान तथा सृष्टि खड्काले अभिनय देख्न सकिने छ । हरी हुमागाईँ द्वारा छायांकनगरिएको भिडियोको सम्पादन भने निशान घिमिरेले गरेका हुन् । भिडियो हेर्नुहोस :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...