Sunday, September 10, 2017

गौतमश्री बिजनेश ग्रुपको प्रेस विज्ञप्ती

२०७४-०५-२४
गौतमश्री मार्ट कुलेश्वरमा,
५ देखि २० प्रतिशत सम्म छुट

गौतमश्री बिजनेश ग्रुपले संचालनमा ल्याएको गौतमश्री मार्टको दोस्रो आउटलेटले शनिबार देखि औपचारिक कारोबार शुरु गरेको छ । मार्टको समुद्घाटन पूर्वमन्त्री अग्नि सापकोटा र गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठले संयुक्तरुपमा गरेका थिए । मार्ट उद्घाटमा पूर्व सचिब कृष्णहरि बास्कोटा, राष्ट्रिय ब्यापार संगठनका बरिष्ठ उपाध्यक्ष डम्बर देब अर्याल र एफएनसिसिआई सदस्य दिल सुन्दर श्रेष्ठको उपस्थिती रहेको थियो । मार्टको अबलोकनका लागि भुमिसुधार मन्त्री गोपाल दहित पनि कुलेश्वर पुगेका थिए । दोस्रो आउटलेटको रुपमा शनिबारबाट संचालनमा आएको गौतम श्री मार्टमा गौतम श्री अर्गानिक एण्ड काउ फार्मबाट उत्पादित दुध, दहि, पनिर र घिउ लगायत ग्रोसरी सामानको कारोबार गर्नेछ ।

मार्ट ओपनिङको अबसर पार्दै गौतम मार्टले सामान खरिद गर्दा ५ देखि २० प्रतिशत छुट पाउने जनाएको छ ।
मार्टमा नाइक, एडिडास र गौतम ग्रुपकै स्वामित्व रहेको एस एण्ड एस गार्मेन्टबाट उत्पादित ५३ भन्दा बढी भेराइटीका गार्मेन्ट उत्पादनहरु बिक्रीका लागि राखिएका छन् ।

। काभ्रेको पात्लेखेतमा गाई फार्म संचालनबाट चर्चा बटुलेका राम बहादुर गौतमको एकल लगानीमा शनिबारबाट गौतम श्री मार्टको दोस्रो शाखा संचालनमा आएको हो । अर्गानिक तरकारी, मुस्ताङको स्याउ लगायतका फलफुल,आफ्नै फार्मबाट उत्पादित बिभिन्न तरकारी र शुद्ध दुध, घिउ, दहि र पनिरको को कारोबार शुरु गरेको छ । शुद्ध दुधका लागि यस स्थानमा संचालनमा आएको गौतमश्री डेरीबाट दुध तथा दुधजन्य बस्तुहरु खरिद गरि लावान्भित हुन गौतमश्री ग्रुपले ग्राहकलाई आग्रह गरेको छ ।

काभ्रेको पात्लेखेतमा उत्पादित अर्गानिक तरकारीका कारण चर्चामा आएको यस मार्टमा ग्रोसरी,देशी तथा बिदेशी मदिराको पनि कारोबार भइरहेको बताउँदै प्रबन्ध निर्देशक राम बहादुर गौतमले यसको दायरालाई अझ फराकिलो बनाउने कार्यमा मार्ट अगाडी बढ्ने बताए । अनुभबी टिमलाई साथ लिएर शुरु गरिएका कारण यो मार्टले सफलता पाउनेमा ढुक्क रहेको गौतमले बताए । झण्डै दर्जन सफल कम्पनी संचालनमा ल्याएका गौतमले ग्रोसरी र गार्मेन्ट ब्यापारमा समेत लगानी शुरु गरिसकेको छ ।

 

गौतमश्री ग्रुप काठमाडौं

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...