Friday, September 8, 2017

एन्टा द्वारा बाढी पिडित लाई सहयोग

 

एसोसिएसन अफ नेपाली तराईन इन अमेरिका (एन्टा)द्वारा नेपाल को सप्तरी जिल्लाआ बाढी पिडित लाई सहयोग गरेको छ l संस्थाका अध्यक्ष विजय कुमार सिंहले ईनेप्लिजलाई जानकारी दिदै सप्तरीमा उदय यादवको पहलमा परिवार सदस्य तथा साथीभाईहरुको सहयोगले बाढी पिडितलाई सहायता गरेको जनाएका छन् l उदय यादव एन्टा का कार्यकारी समितिका मोहन यादवका भाई हुन् l

एन्टा को तर्फ बाट सहायता कोष बाट आवश्यक पर्ने र पिडित लाई सहयोग गरेको संस्थाले जनाएको छ l अमेरिकामा स्थापित एसोसिएसन अफ नेपाली तराईन इन अमेरिका (एन्टा) सामुदायिक सेवामा स्थापना काल देखि नै काम गर्दै आएको छ l यस्ता प्राकृतिक प्रकोप या मानवीय सेवा गर्न संस्था कहिले नचुक्ने र पछि नहट्ने सिंहले बताए l

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...