Sunday, September 24, 2017

नग्माले ‘मिस यूनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने

‘मिस नेपाल’ प्रतियोगीता आयोजना गर्दै आएको संस्था ‘द हिडेन ट्रेजर’ले आफ्नो २२ औं तथा ‘मिस नेपाल’को २३ औं बाषिर्कोत्सवको अवसर पारेर ‘मिस नेपाल यूनिभर्स’ घोषणा गरेको छ । नग्मा श्रेष्ठलाइ पहिलो ‘मिस नेपाल यूनिभर्स’ घोषित गरिएको हो ।

संस्थाका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले शिरमा ताज लगाइदिदै नग्मालाइ यो उपाधिको विजेता घोषित गरेका थिए । अब, उनी अमेरिकाको लास भेगासमा आयोजना हुने ‘६६ औं मिस यूनिभर्स’मा सहभागी हुन आँउदो नोभेम्बरमा अमेरिका जानेछिन् । नोभेम्बर २६ मा ‘मिस यूनिभर्स’को आयोजना हुँदैछ ।

‘मिस नेपाल’ आयोजना हुन थालेको २३ औं बर्ष पुगिसक्दा पनि अहिलेसम्म ‘मिस यूनिभर्स’मा नेपालले प्रतिनिधित्व गर्न सकेको थिएन । ‘मिस यूनिभर्स’मा सहभागी हुने अधिकार पाएपछि द हिडेन ट्रेजरले सन् २०१२ कि ‘मिस नेपाल अर्थ’ नग्मालाइ यो टाइटल दिदै अमेरिका पठाउने निर्णय गरेको हो ।

कार्यक्रममा बोल्दै नग्माले आफू पहिलो पटक ‘मिस यूनिभर्स’मा सहभागी हुन पाउँदा अत्यन्तै खुशी भएको बताइन् । उनले आफूलाइ दिइएको जिम्मेवारी पुरा गर्न कुनै पनि कसरी नछाड्ने बताइन् ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...