रौतहटमा एक वृद्ध दम्पतिको एक साथ मृत्यु भएको छ । रौतहटको गढीमाई नगरपालिका ९ चिलमिलिया टोलका एक दम्पतिको आइतवार अबेर साँझ मृत्यु भएको हो । जीवनभर सँगै बाँच्ने र सँगै मर्ने कसम खाएका ७२ वर्षे मुनि भगत माली र उनकी श्रीमती ६८ वर्षीया लखियादेवी मालीले एकसाथ दम तोडेका हुन् ।
आइतवार साँझ मुनि भगत मालीको घरमै स्वाभाविक मृत्यु भएको पाँचदेखि आठ मिनेटभित्र पतिको मृत्युको पीडा सहन नसकी पत्नी लखियादेवीले पनि देह त्याग गरेको स्थानीय नागेन्द्र साहले बताएका छन् । श्रीमान्–श्रीमतीको एकसाथ मृत्यु भएको घटनालाई नौलो रुपमा लिइएको छ ।
मृतक दम्पतिको अन्तिम संस्कार सोमवार गरिँदैछ ।
No comments:
Post a Comment