आज फेरी आफ्नै कुरा लेख्न मन लाग्यो| २-४ वटा उखानहरु याद आए अनि एक्कासी जीवनका घटनाहरुसंग जोडिए | हुन् त ति उखानहरु बनाउनेले पनि जीवनका घटनाहरु बाट प्रेरित भएर बनाएका होलान, त्यसैले त होला मैले पनि त्यहि महशुश गरेको l
१. खोलो तरो लौरो बिर्सियो : मलाई सारै मन पर्छ यो उखान l सबैले केहि उपलब्धि हासिल गर्न कसैको साहारा लिरहेका हुन्छन, खोलो तर्नलाई लौरो टेकेजस्तै गरि | कहिले हामी लौरो बन्छौं, कहिले तर्ने मान्छे बन्छौं l तर तर्छौँ अनि लौरो त्यहि छाडेर हिन्छौँ l अब फेरी खोलो नपर्नु परे त ठिकै छ लौरो बिर्सिए पनि | तर फेरी खोलो आउँछ, लौरो हामी संग हुदैन l एकचोटी सफलता पाउने बित्तिकै कसैले गरेको सहयोग कहिले नबिर्सौं l
२. काम गर्ने कालु मकै खाने भालु : एउटाले सारै खटेर काम गर्छ तर जस लिन पुग्छ अर्को l तर भालुले मकै खागर्न न थालो भनेर कालु भाग्नु हुदैन है l आफुले गरेको कामको जस कसैले लेको रछ भने पनि अघि बढेर आफ्नो कुरा राख्न चैं छाड्न हुन्न l परिस्थिति अनुसार मिलाएर राख्नै पर्छ l
३. आफ्नो आङको भैंसि नदेख्ने, अर्काको आङको जुम्रा पनि देख्ने : हामी आफुले गरेका ठुला ठुला गल्तिहरु पनि देख्दैनौ अनि अरुको सानो गल्तिलाइ पनि बढाई चडाइ भन्न थाल्छौं l सधैँभरि यसो गर्दा चल्छ र, सधैं यसो गर्न थालयौ भने त हाम्रो कुरा सुन्ने छड्छन नि, होइन र ?
४. मेरो गोरूको बाह्रै टक्का : हामी आफुलाई के के न ठान्छौं, २-४ जना भेटोकी आफ्नै मात्र कुरा गर्न थाल्छौं | आफैं मात्र जान्ने, सबैकुरा आफ्नै मात्र राम्रो | यस्ता कुरा गरेर अरुलाई हैरान पारेको महशुशनै हुदैन हामीलाई l बिस्तारै मान्छेहरु तर्किन थाले पछि मात्र हाम्रो होश खुल्छ अनि छाँगा बाट खसे जस्तै हुन्छौ अनि के गर्नु पछुताएर l त्यसैले बेलैमा सोचेको राम्रो l
५. मह काढ्नेले हात चाट्छ : मेहनत गरेपछि फल त पाउन पर्छ | यसलाई म आफ्नै तरिका ले भन्न चाहन्छु परिश्रम गरे पछि पारिश्रमिक पाउनै पर्छ अनि लिनै पर्छ | लेन देन उत्तिकै हुनपर्छ | अनि मात्र सम्बन्ध दिगो रहन्छ, स्थाई रहन्छ l
आजलाइ यत्तिनै | सबैले सबैको आदर गरौँ , त्यसैमा छ खुशी अनि सुख l
No comments:
Post a Comment