Saturday, September 2, 2017

बौद्ध अघौँ सदनमा विद्युतीय शवदाह गृह निर्माण गरिने

पोखरा, १७ भदौ । पोखरा–लेखनाथ महानगरपालिकाको रामघाटस्थित बौद्ध अघौँ सदनको हातामा विद्युतीय शवदाह गृह निर्माण गरिने भएको छ ।

सरकारको झण्डै रु १३ करोडको लागतमा निर्माण हुने सो शवदाह गृहमा एकै चोटी तीनवटासम्म शव जलाउन सकिने बौद्ध अघौँ सदनका अध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिनुभयो ।

कास्कीमा गुरुङ समुदायको बस्ती बढ्दै गएको र दैनिक तीनदेखि सातवटा शव जलाउनु पर्ने भएकाले विद्युतीय शवदाह गृह निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । शव जलाउनको लागि मात्रै वार्षिक झण्डै रु ६०÷७० लाखको दाउरा आवश्यक पर्ने र यसले गर्दा ठूलो मात्रामा काठ आवश्यक पर्न जाँदा वनजंगलको संरक्षणको लागि पनि विद्युतीय शवदहगृह निर्माण गर्न लागिएको बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...