Sunday, September 24, 2017

हुलाक टिकट बाट के के सम्म गर्न सकिन्छ : सुरेन्द्र लाल श्रेष्ठ यस्का ज्वलन्त उदाहरण

हुलाक टिकट संकलन गर्दै हुलाक टिकट व्यवसायमा ६१ बर्ष देखि लाग्दै आउनु भएका ७६ बर्षिय सुरेन्द्र लाल श्रेष्ठ संग डिसीमा बिशेष कुराकानीमा हुलाक टिकट बेचेर के हुन्छ भन्ने जिज्ञाशा राख्दा हुलाक टिकट बाट के के सम्म गर्न सकिन्छ भन्ने कुरा बताउनु भयो l

श्रेष्ठ यति खेर अमेरिकाको निजि भ्रमणमा हुनु हुन्छ l वहाले खुलाशा गर्दै दुईटा हुलाक टिकट बेचेर काठमाडौँमा पाँच तला घर बनाएको कुरा बताउनु भयो l  ईनेप्लिज संग भेटघाट गर्ने क्रममा वहाका छोरा परिवारले आफ्नो टिकट संकलन कक्षमा हामीलाई पनि पस्न अनुमति दिनु हुन्न भन्ने जानकारी गराए l यसबाट यो पुष्टी हुन्छ कि श्रेष्ठ आफ्नो पेशा प्रति कति गम्भीर हुनु हुन्छ l

श्रेष्ठले १९५९ तिर अमेरिकाका जीआर रिचार्डसनको सहायताले आफ्नो फिलाटेलिक (टिकट संग्रह )यात्रा सुरु भएको बताउनु भएको छ l त्यस पछि ईटालीका एलएफ राचिलर को सम्मान र आदरपूर्ण व्यबहारबाट आफ्नो टिकट संग्रह छिटो छिटो अघि बढ्न सफल भएको बताउनु भयो l

श्रेष्ठले कुराकानी गर्ने क्रममा जर्मनका राजदुत लोहर बाट धेरै नेपाली हुलाक टिकट किनी दिनु भएकोले आफु थप अघि बढ्न मद्दत मिलेको बताउनु भयो l श्रेष्ठले गफिने क्रममा अमेरिकाका म्याकलिन् स्कट रिकेटस ले नेपाली पुराना हुलाक पत्रहरु राम्रो दाममा किनी दिनु हुदा राम्रो नाफा भएको बताउनु भयो l

श्रेष्ठले अमेरिकनहरु त्यस ताका नेपाली फिलाटेलिक सामग्री भने पछि भुतुक्कै हुन्थे l आफु संग सामग्री महत्व बारेमा निक्कै जिज्ञासा राख्ने बताउनु भयो l त्यसको आधारमा उनीहरु मुल्य तिर्न तयार हुन्थे भन्ने जानकारी दिनु भयो l

यसै गरि गरि कुरा गर्ने क्रममा अमेरिकाको वेस्ट भर्जिनिया बिश्व बिद्यालयका प्रा डा आरमण्ड ईसिंगर भने तिब्बतको दुर्लभ चिजहरु बहुतै रुचाएको बताउनु भयो l फलस्वरूप वहालाई आवश्यक तिब्बतको खोजि नेपालमा गर्दा गर्दै स्वयम् आफुलाई पनि अध्ययन गर्न प्रेरित गरेको बताउनु भयो l

श्रेष्ठले १९७३ सम्म मा आफ्नो तिब्बत टिकट संकलन पनि धेरै राम्रो भै सकेको थियो र सबैको सल्लाहबाट पहिलो पटक नया दिल्लीमा भएको अन्तरराष्ट्रिय प्रदर्शनीमा भाग लिन गएको बताउनु भयो l

त्यहाँ आफुले भर्मेल पदक पाएको बारेमा तत्कालिन प्रकाशित नव भारत टाइम्समा नेपाल के सुरेन्द्र लाल श्रेष्ठ का नाम लिया जा सकता है भनि समाचारमा उल्लेख गरेको बताउनु भयो l

कुराहरु खोतल्दै जाँदा धेरै धेरै बिदेशी संग्रह कर्ताहरुको सहायताबाट धेरै कुराहरु सिक्दै गए भन्नु भयो l १९८३ मा पुन बैंककमा भएको अन्तरराष्ट्रिय प्रदर्शनीमा नेपाली उत्कृष्ट हुलाक टिकट संग्रह गरे वापत एउटा रजत पदक प्राप्त गरेको खुलासा गर्नु भयो l

भेटघाटको क्रममा नेपालमा टिकट संग्रह सम्बन्धि जानकारी राख्न रुचाउनेहरुको संख्या बढ्दै गए पछि नेपाल सरकारले पनि ब्युरो (बिभाग )खोल्न करै लाग्यो l यसको साथै अन्तरराष्ट्रिय संगठन युपीयु मा नेपाल प्रवेश गरेको बताउनु भयो l वहा नेपाल फिलाटेलिक सोसाइटीको साधारण सदस्य हुदै अहिलॆ आजीवन सदस्य समेत रहेको बताउनु भयो l

श्रेष्ठले बिश्वमा कुनै यस्तो भूभाग छैन जहाँ हुलाक टिकट संग्रह क्रियाकलाप नहोस l विश्वका ठुलाठुला देशहरुमा लिलाम घरहरु अझ विद्यमान छन् l जहाँ नेपाली उत्कृष्ट सामग्रीहरुको ठुलो लिलाम भै रहेका छन् l नेपाली दुर्लभ टिकटहरुको मोल अझ पनि बढी रहेको पाइन्छ भन्नु भयो l

श्रेष्ठले नेपाली हुलाक टिकटहरु संग्रह गरेर ख्याती कमाएका व्यक्तित्वहरुबाट नेपालको गरिमा बढी रहेको पाइन्छ भन्नु भयो l यसबाट अन्तरराष्ट्रिय ज्ञान र यस बाट नाम ,दाम,ख्याती र कमाई गर्न सकिन्छ थप कुरा बताउनु भएको छ l

टिकट संग्रह बाटै सुरेन्द्र लाल श्रेष्ठ नेपाल बाट अन्य देश तथा अमेरिकाको भ्रमण गर्नु भएको छ l टिकट संग्रहको कारण देश तथा बिदेशका बिभिन्न पत्र पत्रिकाहरुमा वहाको लेख प्रकाशित भएका छन् l वहाले फिलाटेलिक (टिकट संग्रह )प्रदर्शनी कक्ष ठमेलमा खोल्नु भएको छ l जुन नेपालको एक मात्र फिलाटेलिक (टिकट संग्रह )प्रदर्शनी कक्ष हो l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...