Thursday, September 14, 2017

नेपालीद्वारा दुई नेपाली दाजुभाईलाई लिस्बोनको केन्द्रमा नै चक्कु प्रहार – एकको मृत्यु – अभियुक्त फरार

पोर्चुगलमा एक नेपालीकाे छुरा प्रहार गरि हत्या गरिएको छ । राजधानी लिस्वाेनमा मंगलबार राती पर्वत जिल्लाको मल्लाज घर भएका हरि बहादुर जिसीकाे हत्या भएकाे हाे । उनलाई धादिङ घर भएका अर्जुन सापकोटाले हत्या गरेको स्थानीय प्रहरीले जनाएकाे छ । छुरा प्रहारबाट जिसीका भार्इ अाेम जिसी पनि गम्भिर घाइते भएका छन् ।

राजधानी लिस्वाेनको क्याम्पो पिक्यानोस्थित सडकमा उनीमाथी छुरा प्रहार भएकाे थियाे ।

कसरी भयो जिसीको हत्या ?

पोर्चुगलको राजधानी लिस्वनको क्याम्पो पिकनो नजिक रहेको चाईनिज रेष्टुरेण्टमा मृतक जिसीका भाई ओम जिसी कार्यरत थिए । झण्डै आधा दर्जन नेपालीले काम गर्ने उक्त रेष्टुरेण्टमा हत्यारा भनिएका अर्जुन सापकोटाले भाडा माझ्ने काम गदैं आएका थिए । साहुले काम मन नपरेको भनेर निकालिएको भनिएपनि सापकोटा ३ दिनअघि मृतक जिसीका भाई ओमसँगको बिवादका कारण कामबाट निकालिएका थिए । सोही कारण प्रतिसोध साध्ने नियतले मृतकका भाईलाई आक्रमण गर्ने नियतले पुगेका सापकोटाले सगै रहेका दाजुभाईमाथी नै अन्धधुन्ध धारिलो हतियार प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन ।

मृतक हरि बहादुर जिसी को हुन ?

पर्वत साविक मल्लाज गाविसका हरि बहादुर जिसी ५ बर्षअघि पोर्चुगल गएका हुन । नेपालमा कानुन बिषयमा स्नातक गरेका जिसी आर्थिक समस्याका कारण केहि समय वेल्जियम बसेर उनि पोर्चुगल गएका थिए ।

पोर्चुगलमै बसेर त्यहीको स्थाई बसोबासको अनुमतिपछि अहिले श्रीमति र एकछोरी समेत लगिसकेको थिए । एक छोरी र श्रीमति सहित लिस्वनमा बस्दै आएका जिसीकी अर्की छोरी भने नेपालमै रहेको बुझिएको छ । सामान्य आर्थिक अवस्थाका जिसीका ३ भाई मध्ये मृतक हरि बहादुर जिसी जेठा र घाईते ओम जिसी कान्छा हुन ।

अब के हुन्छ ?

मृतक जिसीको हत्याराको पहिचान भएपनि उनि अहिलेसम्म फरार रहेकाले पोर्चुगल प्रहरीले खोजी कार्य जारी राखेको छ । घटनालगत्तै खबर पाएको प्रहरीले स्थानीय प्रशासन सँगै नेपाली समुदायसँगको सहकार्यमा फरार सापकोटालाई खोजी गरि प्रशासनसमक्ष बुझाउन आग्रह गरेको छ । हत्याराकाे कुनै कागजपत्र छैन् ।

मृतक जिसीको शवलाई पोष्टमास्टर्मपछि त्यहाँको प्रशासनले मृतकको परिवार र नेपाली समुदायलाई जिम्मा लगाउने छ ।

नाबालिका छोरीको शिक्षाका लागि सहयोग :

पोर्तुगलमा घटेको यो दुखद घटनाबारे संसारभरका नेपालीहरुले चासो देखाएका छन् । जीसीको मृत्युपछि परिवारको अवस्था बिचल्ली हुने भएको छ । परिवारलाई सहयोग गर्न प्रस्ताव पनि आइसकेका छन् । यसबारेमा परिवारसँगको छलफलपछि जानकारी गराइनेछ । निवर्तमान अध्यक्ष केसीका अनुसार, एनआरएन इटालीका आइसीसी सदस्य कुमार श्रेष्ठले मृतकका नाबालिका छोरीको शिक्षा दीक्षाका लागि ५०० युरो उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...