Friday, September 15, 2017

पोखरालाई खेलकुदको शहरको रुपमा विकास गरिने– सचिव दाहाल

पोखरा, ३० भदौ । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुद शहरको रुपमा विकास गर्न मन्त्रालयले वजेट विनियोजन गर्न लागेको बताउनुभएको छ ।
सहारा क्लब पोखराको १९ औँं वार्षिकोत्सव तथा १० औँं अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले खेलकुद शहर बनेपछि पोखरा दक्षिण एशियामै खेलकुद हबको रुपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

सचिव दाहालले निजी क्षेत्रसँग हातेमालो गर्दै खेलकूद क्षेत्रको विकास गर्न मन्त्रालय तयार रहेकोे बताउँदै पोखरा रंगशालामा एक वर्ष भित्रमा आधुनिक खालको स्टेडियम र डोमसेट कभर्डहल निर्माण गरिने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा क्लबद्वारा सञ्चालित सहारा खेलकूद पत्रकारिता पुरस्कारबाट पत्रकार सुरज श्रेष्ठलाई सम्मान गरियो । पुरस्कारको राशी रु १५ हजार ५५५ रहेको छ ।

पुरस्कृत व्यक्ति श्रेष्ठले प्राप्त गरेको पुरस्कारको राशीमा रु चार हजार ४४५ थप गरी रु २० हजार पु¥याएर क्लबद्वारा सञ्चालित सहारा एकेडेमीको अक्षयकोषमा राखिदिने घोषणा गर्नुभयो ।

त्यस्तै राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङलाई पनि सो अवसरमा सम्मान गरियो ।

क्लबका अध्यक्ष वीरभद्र आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, वरिष्ठ पत्रकार नारायण कार्की ,उद्योगपति सूर्यबहादुर केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङलगायतका वक्ताले पोखरामा स्पोट्र्स एकेडेमीको खाँचो औंल्याउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...