Friday, September 29, 2017

पुर्ब राजा ज्ञानेन्द्रको शुभकामना सहित डर लाग्दो सन्देश !! भिडियो

समस्त नेपालीजनको महान चाड विजया दशमीको उपलक्ष्यमा हामी देशभित्र र देश बाहिर रहे बसेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र सफलताका लागि शुभकामना व्यक्त गर्दछौं ।

पारस्परिक विश्वास, सम्मान र एकताले मात्र हामी सम्वृद्धिको यात्रामा अगाडि बढ्न सक्छौं । तर देश शान्त, सुस्थिर र सम्मानित भएको हेर्ने हाम्रो चाहना अझै पुरा हुन नसकेकोमा हामी दुःखी छौं । राष्ट्रिय स्वाभिमान सहितको प्रगति, नेपाली जनताले चाहेको हो । दुई विशाल छिमेकी मित्र राष्ट्रहरु बीच रहेको सुन्दर नेपाल, सेतु राष्ट्र हो । यो देशको अखण्डता, अविभाज्यता र स्वाभिमानमा केहि बाह्य शक्तिद्वारा श्रोत परिचालन गरि प्रहार हुंदैं आएको अनुभव, नेपाली जनतामा हुनु सुखद विषय हुँदै होइन । त्यसैले, एकातिर सबैको सामूहिक दायित्व इतिहास जोगाउन भएता पनि, यहां स्वाभिमान गुम्ने र सम्वृद्धि टाढिने स्थितिको सामना हामीले गरिरहनु परेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...