Thursday, September 7, 2017

आधिकारिक ब्रेकिंग न्यूज़ – एनआरएन अमेरिकाको अध्यक्षमा दोश्रो पटक चिकित्सक केशव पौडेल बिजयी

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचनमा अन्य ३ जना प्रतिस्प्रद्धिलाई उछिन्दै अध्यक्ष पदमा दोश्रो पटक चिकित्सक केशव पौडेल निर्वाचित भएका छन l

अध्यक्ष पदमा केहि समय अगाडी सम्म करिब ५ जनाले उम्मेदवारी दिएका थिए l तर अन्तिम समयमा अध्यक्ष पदका उम्मेदवार गौरी जोशीले उम्मेदवारी फिर्ता लिए पछि अन्तिम प्रतिस्प्रद्धामा केवल चिकित्सक केशव पौडेल सहित ४ जना मात्र उम्मेद्वारहरु मैदानमा उत्रिएका थिए l पौडेलले ४६.७ प्रतिसत मत ल्याई पुन: बिजयी भएका छन् l

मतदान गत सेप्टेम्बर ५ देखि सेप्टेम्बर ६ तारिख सम्म बिहान ८ बजे देखि मतदान बिधुतिय प्रकिया द्वारा निर्वाचन भएको थियो l गत बुधबार राती सेप्टेम्बर ६ तारिख ११:५९ मिनेट पूर्वीय समय सम्पन्न मत गणना अनुसार चिकित्सक पौडेलका निकटतम प्रतिद्वन्दी रविना थापा दोश्रो ,राम सी पोखरेल तेश्रो तथा कृष्ण पोख्रेल तेश्रो चौथो स्थानमा रहेका छन् l चिकित्सक पौडेलले आफ्नो चुनाबी प्रचार प्रसारमा पहिलो कार्यकालमा अधुरा रहेका काम गर्न पुन :अवसर दिन आग्रह समेत गरेका थिए l

जम्मा १४ हजार ५ सय २० मतदाता मध्ये ९ हजार २ सय ८२ मत खसेको छ l कुल ६४ प्रतिसत मत खसेको निर्वाचन आयोगले जनाएको छ l यसै गरि वरिष्ठ उपाधक्ष्य पदमा सुनिल शाह बिजयी भएका छन् l ४ जना क्षेत्रीय उपाध्यक्षमा बिजयी हुने उम्मेदवारहरुमा क्रमस राधा पौडेल ,राम कुमार सुबेदी ,जेदु पोख्रेल तथा उमा कार्की थापा बिजयी भएका छन् l

यसै गरि महासचिबमा बाबुराम लामा बिजयी भएका छन् भने सचिबमा होम नाथ गौतम बिजयी भएका छन् l यसै गरि कोषाध्यक्षमा प्रकाश अर्याल बिजयी भएका छन् l

महिला संयोजकमा इन्द्र त्रिपाटी बिजयी भएकी छिन् l सदस्यहरुमा अमृत कट्टेल ,आङ्ग ग्याल्जेन ,अरुण बन्जाडे ,बिन्दु सापकोटा ,दिव्या केसी ,गोपेंद्र भट्टराई , कृष्ण लामिछाने ,प्रिती सगर खत्री,संजय तथा तथा तृष्णा शर्मा बिजयी भएका छन l

आइसीसी सदस्यहरुमा डिल्ली भट्टराई ,बन्दना कोइराला ,बलराम थापा ,बेदराज बस्नेत ,बिष्णु मान प्रधान ,धर्म भट्टराई ,गोमा सेन तथा प्रकाश सापकोटा बिजयी भएका छन्
l

प्रमूख निर्वाचन आयुक्त बन्दिता शर्मा दाहाल को नेतृत्वमा मतदान सम्पन्न भएको थियो भने ईलेक्सन बडी नामक निकायलाई बिधुतिय मतदानको जिम्मा दिइएको थियो l

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...