Saturday, September 9, 2017

साहित्यकार १५० औँ सिद्धिदास जन्मजयन्ती मनाइयो

भक्तपुर, २४ भदौ । साहित्यकार सिद्धिदास महाजुको १५० औँ जन्मजयन्ती आज भक्तपुरमा मनाइएको छ ।

सिद्धिदास प्रतिष्ठानको आयोजनामा गरेको कार्यक्रममा शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले भाषा र जाति बचाइ राख्न संस्कृतिको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

समाज परिवर्तनका लागि १५० वर्ष अगाडि सिद्धिदासले गरेको क्रान्तिकारी अभियान ठूलो महत्व रहेको चर्चा गर्दै उहाँले ‘भाषा म्वासा जाति म्वाइ’ भन्ने मूलमन्त्रलाई सिद्धिदासले त्यतिबेला नै देशको समग्र विकास गर्न भाषा, जाति र त्यसको संस्कृतिको उत्थानका लागि आवाज उठाएको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष नरेन्द्रभक्त हाडाको सभापतित्वमा भएको कार्यक्रममा मल्ल के सुन्दर, राज जोशी, अगिब बनेपालीलगायतले सिद्धिदासको योगदानको चर्चा गर्नुभयो ।

कार्यक्रममा समाजसेवी एवं प्रधानाध्यापक कैलाशभक्त प्रधानांगलाई सम्मान गरिएको थियो भने प्रतिष्ठानद्वारा सञ्चालित नेपाल लिपी कक्षामा उत्तीर्ण भएकालाई प्रमाणपत्र पनि वितरण गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...