Saturday, September 23, 2017

गायक दिकेश प्रजापतिको दोस्रो म्युजिक भिडियो “घर त तिम्रो पोखरा” युट्युव मार्फत वर्ल्ड प्रीमियर

न्युयोर्क अमेरिका,
करिब १८ बर्षको अन्तरालपछि आफ्नो दोस्रो एल्बमको तयारी मा रहेका गायक दिकेश प्रजापतिको दोस्रो म्युजिक भिडियो “घर त तिम्रो पोखरा” युट्युव मार्फत वर्ल्ड प्रीमियर गरिएको छ।

दिनेश सुबेदीको रचना, बि. बि. अनुरागीको संगीत रहेको उक्त गीतमा ईशान ढकाल, नन्दिता के सी, जांग्बु शेर्पा, दीपक श्रेष्ठ र साथीहरूले अभिनय गरेका छन्। यस गीतको छायांकन, सम्पादन तथा निर्देशन ओम कर्माचार्यले गरेका छन। पोष्ट प्रोडक्शन ज्याक्सन हाईट्स, न्यूयार्क स्थित ओम मेगा अडियो एण्ड भिडियो प्रोडक्शनमा भएको हो।

दशैंको अवसर पारेर रिलीज गरिएको उक्त म्युजिक भिडियो निकै रमाईलोसंग प्रस्तुत गरिएको छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...