Monday, September 11, 2017

जनकवि दुर्गा लाल श्रेष्ठलाई महानन्द साहित्य साधक पुरस्कार बाट सम्मानित गरिने 

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) ड्यालास ले हरेक बर्ष नेपाली भाषा साहित्यमा योगदान पुर्याए  वापत दिदै आएको महानन्द साहित्य साधक पुरस्कार यस पटक जनकवि दुर्गा लाल श्रेष्ठ लाई दिने एक समारोह बिच हालै घोषणा गरियो l

सम्मानित हुने साधकलाई कदर पत्र सहित ५ सय डलर नगद दिइने छ l भाषा शास्त्री  महानन्द सापकोटा परिवार बाट नै प्रदत्त उक्त पुरस्कार को राशी श्रीमती सीता सापकोटाले प्रायोजन गरेकी छिन् l
अनेसासको उक्त कार्यक्रममा कार्यक्रमका सभापति अनेसासका अध्यक्ष बासु शर्माले उक्त पुरस्कारको घोषणा गर्नु अगाडी अध्यात्मिक गायिका आनी छोईङ्ग को अत्यन्तै लोकप्रिय गीत फुलको आँखामा फूलै संसार गीत गाउदा उपस्थित साहित्यिक मनहरु भाव बिभोर हुदै साथ दिएका थिए l

उनकै शब्दमा बनेको गीतमा गायक रबिन भण्डारीले गीत गाएर माहौल जीवन्तता तुल्याए l उक्त कार्यक्रममा नेपाली समाज टेक्सस का अध्यक्ष कृष्ण लामिछाने  शुभकामना मन्तब्य राखेका थिए l
उक्त कार्यक्रममा आफ्ना सृजना प्रस्तुत गर्नु हुनेहरुमा महेन्द्र चालिसे ,सिताराम सुबेदी ,बाल जोशी ,ज्ञानेश्वर अमात्य ,बासु अधिकारी ,पवन लामिछाने ,बेदनिधि दाहाल ,युवराज खाती ,रन्जु मार्ग ,निर्मला राई  तथा धनन्जय ढकाल रहेका थिए l

उक्त कार्यक्रमका प्रमुख अतिथि सुमिरन सापकोटाले आफु गौरन्वान्वित हुदै कार्यक्रम गर्न पाएकोमा हर्ष व्यक्त गरे l महानन्द सापकोटाको जीवनी बारे निर्मल राईले प्रकाश पारेकी थिइन् l स्वागत भाषण कपिल अधिकारी तथा कार्यक्रम संचालन सुमन कार्की ले गरेका थिए भने प्रभात दिक्षितले स्रष्टा को बारेमा प्रकाश पार्ने प्रयास गरे l

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...