Sunday, September 3, 2017

एनआरएन अमेरिका को चुनावी प्रचार प्रसारमा चकमन्न ,दूरभाषिक तथा मुहार पुस्तिका लगायत पनि निषेध

एनआरएन अमेरिका को निर्वाचन आगमी सेप्टेम्बर ५ र ६ तारिख हुने भएकोले अगस्त ३ तारिख देखि नै उम्मेदवारहरुले प्रचार प्रसार बन्द गरेका छन् l एनआरएन रास्ट्रिय निर्वाचन आयोग द्वारा जारी आचार संहिता ले चुनावी मैदानमा उत्रिएका करिव २ सय २५ जना उम्मेदवारलाई प्रचार प्रसार गर्न ४८ घण्टा अगाडी सम्म छुट दिएको छ l

आइतबार अगस्त ३ तारिख बिहान ८ बजे अमेरिकाको पूर्वीय समय अनुसार सम्पूर्ण सामाजिक संजाल मार्फत सवै पदका प्रत्यासीहरुले प्रचार प्रसार बन्द गर्न थालेका छन् l आइतबार ८ बजे बिहान करिव ७: ४५ मिनेट सम्म पनि प्रचार प्रसार गर्न उम्मेद्वारहरु क्रियाशील देखिएको छ l

एनआरएन रास्ट्रिय निर्वाचन आयोग ले छापा बिज्ञप्ति अनुसार सेप्टेम्बर ५ र ६ तारिख निर्वाचन हुने केवल बिधुतिय प्रक्रिया बाट मतदान हुने जानकारी दिएको छ l “इलेक्सन बडी ” election buddy नामक सँस्थाले उक्त बिधुतिय निर्वाचन गराउने जिम्मेबार पाएको छ l

उक्त निकायले मतदान अब गर्नु भन्ने निर्देशन दिने छ l यस्को साथै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिका २०१७ कार्यकारी समिति निर्वाचन भनि मतदातालाई बिधुतिय डाक (इमेल) प्रदान गर्ने राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ l

यदि यस्तो निर्देशन सेप्टेम्बर ३ तारिख नआएमा निर्वाचन आयोग संग सम्पर्क गर्न आग्रह गरेको छ l निर्वाचन आयोगले चुनावी प्रचार प्रसार मा शान्त हुन् , मौनता बस्न र चकमन्न हुन् आग्रह गदै व्यक्तिगत ,अप्रत्यक्ष ,दूरभाषिक तथा सामाजिक संजाल मुहार पुस्तिका बाट पनि निषेध गरेको छ l

बिस्तृत जानकारी लिन यहाँ थिच्नु होस् :

http://bit.ly/2gurPPb

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...