Thursday, September 21, 2017

प्रदेशको पहिलो महिला मेयर माओवादी केन्द्रबाट

dav

सञ्जय मित्र, रौतहट
प्रदेश नम्बर २ मा पहिलो महिला मेयरको रुपमा रौतहटको मौलापुर नगरपालिकाकी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रीनाकुमारी साह निर्वाचित भएकी छिन् । निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका रविन्द्र पटेललाई १८३३ मतले पछि पार्दै साहले फराकिलो अन्तरले जित निकालेकी हुन् । पार्टीभित्र कविता नामले परिचित साह सहरी विकास मन्त्री प्रभु साहकी पत्नी हुन् । साहले ३९३३ मत र पटेलले २१०० मत प्राप्त गरेका छन् ।
नगरपालिकामा उपमेयर पदमा माओवादी केन्द्रकै गौरी शंकर प्रसाद जयसवालले जित हात पारेका छन् । जयसवालले ३८९६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका उम्मेदवारले १६५० मत मात्र प्राप्त गरेका छन् ।
यस अघि रौतहटमा दुई स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । ईशनाथ नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरम र परोहा नगरपालिकामा नेपाली काँग्रेसले विजय हासिल गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...