Saturday, September 9, 2017

अमेरिका नेपाल सहयोगी समाज ले “हे मार्केट दिवस २०१७” मा सक्रिय सहभागिता जनाउने र सवैलाई सहभागी हुन् आव्हान

अमेरिकाको भर्जिनिया को मनासस शहर नजिक रहेको हेमार्केटमा हुन् गइ रहेको “हे मार्केट दिवस २०१७”मा अमेरिका नेपाल सहयोगी समाजले सक्रिय रुपमा सहभागिता जनाउने भएको छ l र यसको लागि तयारी गरि रहेको छ भने गत बर्ष हे मार्केट डे २०१६ मा पनि एएनएचएसले सहभागिता जनाएको थियो।

उक्त दिन नेपालको पहिचान झल्काउने भेषभुषा ,पहिरन सहितको झाकी तथा प्रदर्शन गर्ने भएको छ l “हे मार्केट डे २०१७” नामक कार्यक्रम सेप्टेम्बर १६ तारिख शनिबार बिहान ९ बजे देखि परेड(झाँकी प्रदर्शन ) सुरु हुने छ l उक्त दिवसमा विश्व भरका विभिन्न देशका बिबिध थरिका झाकी तथा आफ्ना देशका पोशाक सहित झन्डै झन्डै ३० हजार सहभागीहरु हुन सक्ने अनुमान गरिएको छ l गत बर्ष अत्यधिक रुपमा सहभागिता जनाएको अमेरिका नेपाल सहयोगी समाजले यस पटक पनि उत्तिकै रुपमा सहभागिता जनाउने र यसको लागि काम गरि रहेको छ l

गत बर्ष पुरुषहरुले नेपाली दौरा सुरुवाल र महिलाहरुले एकै प्रकारका फरिया समेत लगाई सशक्त सहभागिता जनाएका थिए l हे मार्केट दिवसमा नेपाली समुदायको उत्कृष्ट प्रस्तुति रहेको थियो l

उक्त कार्यक्रममा व्यवसायी ,उधमी ,विशिष्ट व्यक्तित्वहरु ,राजनैतिक दलका नेताहरु ,सरकारी पदाधिकारीहरुको सहभागिता हुनेछ l संस्थाले यस बृहत प्रदर्शनमा सहभागी हुन् डीसी क्षेत्रका सवै संघ/संस्थालाई आग्रह गरेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...