Friday, September 29, 2017

एनआरएनए जापानका निवर्तमान अध्यक्ष सुदन थापाले आईसीसी युवा संयोजक पदमा उम्मेदवारी दिने

आगामी अक्टोवर १४ देखि १७ तारिकसम्म काठमाडौँमा हुने विश्व सम्मेलन पश्चात चयन हुने पदाधिकारी मध्ये महत्वपूर्ण मानिएको युवा संयोजकमा थापाले आकांक्षा देखाएका हुन्। एनआरएनए जापानको सदस्य हुदै अध्यक्ष समेत भएका थापा कामका हिसावले अनुभवी र युवाहरुलाई समेटेर नेतृत्व गर्नसक्ने व्यक्तिका रुपमा परिचित छन् ।

आफ्नो कार्यकालमा नेपाल फेष्टिवल, मह जात्रा जापान, आरिगातोउ निहोन धन्यवाद जापान लगायतका महत्वपूर्ण कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेर आफनो क्षमता देखाई सकेका छन। विश्वभरि छरिएर रहेका युवाका समस्याको समाधान तथा युवाहरुलाई समेटेर नेपाल र नेपालीहरुका लागि केही समय सकारात्मक सोच्ने र आफनो तर्फबाट केही न केही साथ र सहयोग गराउन पहल गर्ने योजना बनाएका छन् ।

थापाले अाफनाे उम्मेदवारीका विषयमा प्रतिवद्दता सहित केही दिनमा पत्रकार सम्मेलनकाे अायाेजना गरि उम्मेदवारी घाेषणा गर्ने बताएका छन।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...