Tuesday, September 5, 2017

एनआरएन गरिबीको भीषण नग्राले चिथोरिएको व्यक्तिले पनि हाक्न सकोस :विजय थापा

एनआरएन धनिहरुको संस्था भनेर बात लागेको छ l धनाड्यहरु मात्र नेतृत्वमा जान्छन भन्ने गम्भीर आरोप र प्रत्यारोप लाग्ने गर्छ l स्थापना काल देखि नै टिका टिप्पणी खेपी रहेको छ l

गैर आवाशीय नेपाली संघका राष्ट्रिय समन्वय समितिमा पनि अधिकाशं कुबेरहरु नेतृत्वमा आउने गर्छन l धनाड्य वालाले अधिकांश हाली मुहाली गरेको देखिएको छ l एनआरएन आईसीसी मा नेतृत्व पदमा बस्ने सबै अरब पतिहरु बिजयी भएको ईतिहासले देखाएको छ l सन् २००३ मा स्थापना गर्ने संस्थापक कुबेर थिए र हाल पनि छन् l

भनिन्छ पैसा भए पछि आफै आँट आउछ l लक्ष्मीले लक्ष्मी तान्छिन l लक्ष्मीले बरदान दिएका परिश्रमी व्यक्तित्वहरुले कुर्सि हाकेका छन् l अन्तर्राष्ट्रिय एनआरएन हाक्न आर्थिक सम्पन्नता हुनु आवश्यक देखिएको छ l त्यो भएन भने संस्था चलाउन र खर्चले धन्न नसक्ने देखिएको छ l धनि हुनु हुन्न भने ससुरालिले सबै व्यवस्था गरि दिदैनन l खर्च पानीको चाजो मामाले गरि दिदैनन l पूर्व ,पश्चिम ,उत्तर र दक्षिण हिडडुल गर्न लक्ष्मीको तारतम्य आफैले मिलाउनु पर्ने हुन्छ l

धन बोरामा हाली ब्रम्हाण्ड निस्कनु पर्छ l एनआरएन हरुका समस्या सुन्नु पर्छ र समाधान गर्नु पर्छ l जुन काम घरमै बसी बसी गर्न सम्भव हुदैन l घर बाहिर निक्लने पर्छ त्यो व्यवस्था मिलाउन बोरामा बिटाका बिटा पैसा भएकै हुनु पर्छ l कार्यकाल भर भ्रमण नै भ्रमणमा बिताउनु पर्छ l हवाई जहाजको हवाई जहाजमा कार्यकाल जाने हुनाले अर्थ चाहिन्छ l

आधा कार्यकाल आकाश मै बिताउनु पर्ने हुन्छ l त्यसको लागि दाम गोजीमा हुनु पर्छ l रित्तो गोजिले संस्था हाक्न सकिने अवस्था हुदैन l भत्ता र पांच तारे अतिथि गृहमा बासको व्यवस्था पनि गर्दैन l स्वयम् आफैले खर्च बेहर्नु पर्ने हुनाले कुबेर हुनु जरुरि देखिन्छ l धनाड्य छ भने मात्र संस्थाको मुर्धन्य पद ताक्न सकिने वातावरणले देखाएको छ l धनिले एनआरएनको पाङ्ग्रा चलाउन सक्छ l संस्थाको मुखिया हुन् धनवान हुनु अपरिहार्य छ l मालदार हुनु हुन्न भने बेखर्ची भएर बिश्व भ्रमण गर्न नसके प्रतिबद्धता तुहुने हुन्छ l

मालामाल हुनु हुन्छ भने तपाईको जय हुन्छ l द्रब्यको सुकेनास रोग बाट पिडित हुनु हुन्छ भने तपाइको भय हुन्छ l नेतृत्व लिई मूद्रा निकाल्न गरिब मानसिकता पाल्नु हुन्छ भने कार्यकाल असफल हुने ज्यादा सम्भावना हुने हुन्छ l धन निकाल्न कालो मन गर्नु हुदैन l

आर्थीक दरिद्रताको भीषण नग्राले चिथोरिको छ भने नेतृत्व लिने दिवा सपना त्याग्नु पर्छ l एउटा देशको नेतृत्व लिन पनि धेरै खर्च जुटाउनु पर्ने अपरिहार्यता हुने भएकोले विश्वको नेतृत्व लिन आखिर भब्य धनाड्य हुनै पर्छ l

एनआरएन लाई धनिहरुको क्रिडा स्थल भनि भिषण दोषारोपण लगाईन्छ l आखिर यसै आरोप ,उसै आरोप l धनिहरुको मात्र संस्था हो भनि सुगा रटाई गरिन्छ भने ,हो भने हो ? प्रजातन्त्रमा वाक स्वतन्त्रता छ l आखिर धनाड्यहरुले नेतृत्व लिए पनि सस्थाको धनीपुर्जा कब्जा गरि धरौटी राखेर बेच बिखन गरेको ईतिहास कतै देखिदैन l

नेतृत्व वर्गमा धनि व्यक्ति आएका छन् यो ध्रुब सत्य हो l यस अर्थमा यो हैन कि अन्य व्यक्ति नेतृत्वमा नआएका भन्ने पनि हैन l एनआरएन संस्था धनिहरुको मात्र नभै सबै वर्गको प्रतिनिधित्व गर्दछ l यसमा दुईमत छैन l यदि आर्थिक सम्पन्न छैन भने स्थानीय तह सम्म हाक्न सक्ने हुन्छ तर राष्ट्रिय स्तरमा नेतृत्व लिन खोज्ने व्यक्तिको गोजी बलियो हुनु पर्छ नत्र साधारण सदस्यमा चित्त बुझाउनु पर्ने हुन्छ l सुको निकाल्न मुस्किल छ भने आकाश हेर्न छोड्नु पर्ने हुनेछ l

आखिर कुलो र कुरोलाई जता घुमाए पनि हुन्छ l गरिबीको भीषण नंग्राले चिथोरिएको व्यक्तिले एनआरएन अहिले सम्म नेतृत्व लिन सकेको देखिदैन l एनआरएन गरिबीको भीषण नग्राले चिथोरिएको व्यक्तिले पनि हाक्न सकोस मेरो शुभकामना l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...