न्युयोर्क ,२४ सेप्टेम्बेर २०१७ का दिन अमेरिकामा निर्माण भएको नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपालको फस्ट लुक ट्रेलर तथा दुइ गीत हरु रिलिज भएको छ। अमेरिका स्थित न्युयोर्क मा रहेको नेपाली कन्सुलेटका कन्सुलर जनरल कृशु छेत्री को प्रमुख आतिथ्यमा ज्याक्सन हाइट को शेर्पा किदुग को भवनमा नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपालको फस्ट लुक ट्रेलर तथा दुइ गीतहरु रिलिज भएको हो l
कार्यक्रम मा कलाकार तथा प्राविधिकहरु लाई ट्रफी प्रदान गरिएको थियो भने औपचारिक कार्यक्रम पश्चात गायक तथा नायक बाबू बोगटी, हरिस माथेमा, संजिव प्रधान, शरिस्मा अमात्य र आदित्य लामाले सांगीतिक प्रस्तुति दिएका थिए l
No comments:
Post a Comment