संयुक्त राज्य अमेरिकाले डिफर्ड एक्सन फर चाइल्डहुड एराइभल (डाका ) कार्यक्रमलाई रद्ध गरेको छ l व्यापक बिरोध भै रहेको अवस्थामा आज मंगलबार सेप्टेम्बर ५ तारिख न्याय विभागमा महान्यायधिवक्ता जेफ सेसनले घोषणा गर्दै उक्त जानकारी दिएका हुन् l
केहि समय अगाडी मात्र संयुक्त राज्य अमेरिकाको प्रतिनिधिसभाका सभामुख पल रायनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कागजपत्र नभएका युवा आप्रवासीलाई उनीहरुको देश फर्काउनबाट रोक्ने व्यवस्था रद्द नगर्न आग्रह गरेका थिए l
‘डाका’ले अमेरिकामा गैरकानुनी रुपमा ल्याइएका बच्चालाई अस्थायी आवास उपलब्ध गराउँछ । ‘डाका’ले हजारौंलाई देश फर्काउनबाट रोक्नुका साथै उनीहरुलाई काम र पढाइको अनुमति दिनेछ । ‘डाका’ कार्यक्रमबाट करिब ८ लाख मानिसलाई संरक्षण गरिएको छ ।
जसमा बहुसंख्यक मेक्सिको ,एल साल्वाडोर, ग्वाटेमाला, होंडुरस तथा पेरू रहेका छन् भने भारतका पनि करिव ८ हजार यस्ता कागजात नभएका पर्ने भनि भारतीय समाचारहरुले समेत लेखेका छन् l
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप ले ओबामा को समयको कानून लाई रद्द गरेका छन् l जसमा सानो उमेरमा अमेरिका छिरेकालाई अमेरिका मै उचित व्यवस्था गर्दै देश निकला को नगरी यहि राख्ने र बचाउने प्रावधान रहेको थियो l बालबालिकाहरु स्वयम् नआई गैर कानुनी रुपमा अमेरिका छिरेका बुवाआमा बाट साथमा ल्याइएका हुन् l
महान्यायधिवक्ता सेसनले मंच बाट बोल्दै अवैधानिक अधिकार को प्रयोग रद्ध हुनै पर्छ भन्दै संचारकर्मी हरुका प्रश्न लिन मानेनन् l
No comments:
Post a Comment