Sunday, September 10, 2017

अमेरिका गएका मानिसहरू किन नेपाल फर्कन सक्दैनन ?

नेपालकामा हुनेहरूले  अमेरिका गएको मानिस अब नेपाल फर्कदैन, उतै हराउछ भन्छन । बास्तब मै DV पर्ने को त कुरै छाडौ, बिध्यार्थी र टुरिष्ट भिषामा जानेहरू समेत उतै हराएका हुन्छन र यो कटु सत्य पनि हो । 

अमेरिका बस्नेले पनि जागिर, घर ब्यबहार  केहि बर्ष पछि मिलाएर छिटै नेपाल फर्कने सपना बुनेर बसेका हुन्छन । गफ गर्दा सधै फर्कने कुरा अलापछन । अघि नमिले पनि retire भए पछि त पक्कै फर्कने भनि दिन गन्ती गरिरहेका हुन्छन । 

तर किन भने जस्तो हुदैन ? किन नेपाल फर्कन सक्दैनन त अमेरिकाका नेपालीहरू ? 

  1. अत्याधुनिक भौतिक सुबिधा :  नेपालमा  हामी सधैभरि आधारभूत आबस्यकताको लागि दैनिक जुधिरहेका हुन्छौ । पानी, बिजुली, ग्यास, डिजेल … यी सबै बाट झन्झट मुक्त भै बस्ने रहर कसलाई नहोला र ! अत्याधुनिक सुख सुबिधाहरू कार, e-net, सड़क, महल, पार्क, समुन्द्र, air conditioning युक्त घर , vacation …. सुबिधाहरूको कारणले मानिसहरू  नेपाल फर्कन सक्दैनन । दुई दिनको  नेपाल visit को तितो अनुभव भुल्न सक्दैनन । 
  2. पारिवारिक बन्धन :  बिस्तारै आफ्ना आफन्त परिवार छोराछोरी, नातीनातिनाहरू सबै यतै भै पछि कस्को र के का लागि नेपाल जाने भन्ने प्रस्न अहम हुदोरहेछ । साहूको भन्दा ब्याजको माया नातीनातीना हेरेर बस्ने हुने रहेछ । त्यसैले पनि छोरा छोरी परिबार अमेरिका छाडेर नेपाल फर्कन सक्दैनन ।
  3. जागीर वा ब्यबसायको बन्धन : जागीर वा ब्यबसाय बाट काटिने कर र लगानीहरू state, federal, social security, Medicare, retirement plans चटक्क छाडेर जान कसैले पनि सक्दो रहेनछ। जिवनभरको लगानी र मिहिनेत ६५-६७ बर्ष पछि मात्र पाइने  सुबिधा छाडेर जान कसैले पनि सक्दो रहेनछ । 
  4. Tax file को झन्झट : बर्ष भरि गरेको आम्दानी खर्चको बिवरण सरकारलाई बुझाउनु पर्ने हुन्छ । बर्षको अन्त्यमा गरिने tax file बाट सानों वा मध्यम परिवारले  केहि रकम प्राप्त गर्ने गर्छन । सामान्य tax file का लागि IRS का अनुसार कम्तीमा १८३ दिन अमेरिकामा नै बसेकै हुनु पर्छ । तेसै कारणले पनि नेपाल लामो समय बस्न सक्दैनन । 
  5. Home loan/ Mortagage:  धेरै जसो घर  १५,२०,३० बर्षे उधारों मै किनिएको हुन्छ वा किन्ने चलन छ  । उक्त किस्ता, पानी, बिजुली,association र अन्य खर्चहरू  समय मै बुझाउनु पर्ने हुन्छ ! नबुझाएमा क्रेडिट बिग्रने हुन्छ । risk लिएर नेपाल बस्न कोही चाहदैनन ।
  6. Student loan/ business loan : धेरै जसो बिधार्थीहरूले student loan लिएर पढेका हुन्छन । तेस्तै ब्यापारीले ब्यापारीक ऋण । ऋण तिर्नु पर्ने बाध्यताको कारणले पनि नेपाल फर्कन सक्दैनन । नतिरेमा उसको भविष्य नै नष्ट हुन सक्छ ।
  7. Investment : कति मानिसहरू ले retirement program , insurance, business, shares/bonds ….हरूमा लगानी गरेका हुन्छन । उक्त रकम डुब्ने डरले पनि नेपाल फर्कन डराउछन । 
  8. Pension/ retirement benefits :  जिबनभर काम गरेर  आफ्नो pension र retirement benefits, medical , social security सुबिधा लिएर बुढेसकालमा सुख संग बस्ने सपना कस्को हुदैन र ! यो कुरा नेपालमा  बसेर पुरा नहुने हुनाले पनि फर्कन चाहदैनन । 
  9. Relationship and communication gap :  धेरै बर्ष बिदेश बसि सके पछि नेपालमा हुने हरूले   यीनीहरू त बिदेशी हुन ,  यी त दुई दिनका पाहुना ! यीनको संगत नगरे कै जाती भन्न थाल्छन । आफन्त, साथीभाई, छरछिमेकी सबै संगको सम्बन्ध टाढिदै जान्छ । नया पुस्ताले चिन्न समेत छाडी सकेका हुन्छन । यीनै कारण ले पनि नेपाल फर्कने हिम्मत गर्दैनन् । 
  10. Busy life style and culture :  केहि बर्ष बिदेश बसि सके पछि बेलीचाली ब्यबहार , रहनसहन, लगाई खवाई सबै फरक परिसकेको हुन्छ । आफ्नो गरेर खाने, सिधा स्पष्ट बोल्ने, privacy का कुरा, सरसफाई  ….. यस्ता धेरै कुराहरू मा स्वत: परिबर्तन भै पस्चीमी सभ्यतामा ढलिसकेका हुन्छ । जुन कुरा  झट्ट ब्यबहारमा  नेपालमा पचाउन र आफुलाई परिबर्तन गर्न गारो हुन्छ । 
  11. सामुदायिक बन्धन : अमेरिकामा पनि नेपालीहरूको बस्ती  दिनानुदिन बाक्लिदो छ । सबै जसो नेपालीहर हरेक गाऊँ र बस्तीहरूमा आ आफ्नै समुह संगठनहरूमा आबद्द भै  एक आपसमा बाधी सकेका हुन्छन । सुख दुखमा साटासाटको लागि एक आपसमा नया सम्बन्ध गासिसकेका हुन्छन । यो सबन्ध चटक्क छाडेर जान सक्दैनन । 
  12. नेपालको कानुन , भ्रष्टाचार र अप्ठ्याराहरू : नेपालमा  NRN हरूलाई दोहोरो नागरिकताको कानुन  बनेको छैन । आफ्नै देश फर्कदा टुरिष्ट भएर डलर तिरेर बस्ने रहर कसैलाई हुदैन । संम्पत्ती ख़रीद बिक्री र ब्यवसाय गर्न पनि सहज छैन । सानों तिनो काम गर्न पनि धेरै पटक धाउनु पर्ने, चाकडी गर्नु पर्ने वा घुष खुवाउनु पर्ने बाध्यता छ । घर मै बसेर फोन, इमेल वा e net को माध्यमबाट सजिलै काम गर्ने अब्यस्त भएका हरू यो झन्झट झेल्न पटक्कै मन पराउदैन । 

अमेरिकामा बस्नेहरूले जति नै गफ चुटे पनि चटक्कै छाडेर नेपाल बस्न ठुलै हिम्मत र मुटु बनाउनु पर्ने हुन्छ । भन्न जति सजिलो छ, ब्यबहारमा सजिलो भने पटक्कै छैन । 

अमेरिका आउनु भन्दा अगाडी एक मेरा साथीले भनेका थिए “अमेरिका भनेको एक दलदल हो, यो दलदल मा फसे पछि निस्कन सजिलो पटक्कै छैन र त पनि यहि दलदलमा फस्नेछस ।” 

र पनि म भने नेपाल फर्कने सपना बुनेर बसेको छु । 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...