Friday, September 22, 2017

अनेसास नवरत्न पुरस्कार’ समितिको तयारी सुरु

समाचारदाता
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले प्रत्येक दुई-दुई वर्षमा प्रदान गर्ने ” अनेसास नवरत्न पुरस्कार” र “अनेसास डायस्पोरा बालप्रतिभा पुरस्कार”को तयारी सुरु गरेको छ | यस पुरस्कारबाट नेपाली साहित्य, कला र समाजसेवाका क्षेत्रमा समर्पित महिला तथा बालिका सम्मानित हुने छन् |

साहित्यकार शकुन्तला ज्ञवालीको संयोजकत्वमा गठित समितिमा पुनम काफ्ले, बिमला निरौला, शान्ता घिमिरे अधिकारी र लक्ष्मी श्रेष्ठ सदस्य रहनु भएको छ | गत वर्ष यस पुरस्कारबाट महिला तर्फ ज्योति पौडेल, पविता परियार, लीला लुइँटेल, यशोधा राई, वसुन्धरा भुसाल, विन्दिया सुब्बा, विष्णुमाया परियार, बेटी बज्राचार्य र सूर्य महर्जन पुरस्कृत हुनुभएको थियो भने बालबालिका तर्फ

शलिना श्रेष्ठ, क्रिष्टल थापा, बिबेचना निरौला, ममता कर्माचार्य, विभूषा बिष्ट, मिलि श्रेष्ठ, प्रिया सुवेदी र जारा प्रसाईलाई पुरस्कृत गरिएको थियो | पुरस्कार अनेसासको पूर्वअध्यक्ष गीता खत्रीको पहलमा स्थापना भएको हो |

अमेरिकी डलर दुईसय सहितको महिला तर्फको उक्त पुरस्कार सुनिता शर्मा, कुन्ति थापा, ममता कर्माचार्य, शकुन्तला ज्ञवाली, अनु शाह, पुनम काफ्ले, दीपा राई पुन, लक्ष्मी श्रेष्ठ र पदम विश्वकर्माले प्रायोजन गर्नु भएको थियो भने अनेसास डायस्पोरा बालप्रतिभा पुरस्कारको प्रयोजन बिजया (राजु) सिम्खडा, शान्ता घिमिरे अधिकारी, ममता कर्माचार्य, महेश्वर पन्त, अनु शाह शारदादेवी ढुंगाना तथा चन्द्रमाया भेटवाल,र राजेन्द्र श्रेष्ठ तथा इरिना श्रेष्ठले प्रयोजन गर्नु भएको थियो | आगामी कार्यक्रम पनि अमेरिकाको न्युयोर्कमा गरिने भएको छ |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...