Saturday, September 9, 2017

एचडीएनपी इन्टरनेसनलले टेक्ससमा घरबार बिहिनलाई खाना खुवायो

सेप्टेम्बर ९ , हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले टेक्सस राज्यको ड्यालस वरपर रहेका असहाय ,गरिव तथा घरबार बिहिन मानिसहरुलाई त्रैमासिक रुपमा खुवाउदै आएको खाना आज खुवाएको छ l

एचडीएनपी इन्टरनेसनलका संस्थापक देवी आचार्यले आज ४ सय ५० भन्दा ज्यादा लाई खाना खुवाईएको र यो समेत २२ औ पटक घरबार बिहिन ,दुखि ,असहायहरुलाई खाना खुवाएको बताए l आचार्यले अर्को पटक थाङ्क्स गिभिंग का दिन पुन खुवाउने योजना रहेको रहेको जानकारी दिएका छन् l

स्थापना काल देखि नै घरबाहर बिहिन मानिसहरुलाई त्रैमासिक रुपमा खाना खुवाउदै आएको र यस्ता कार्यकममा अर्थको अभाव पनि हुने हुनाले सहयोग गर्न चाहना राख्ने दानबिरहरुको लागि द्वार खुला राखिएको उनले बताए l

खाना खुवाउने अतिरिक्त संस्थाले त्रैमासिक रुपमा रक्तदान को आयोजना गर्दछ l संस्थाले समाज सेवा को साथै उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ l

हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको छ l हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ l


No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...