Sunday, September 17, 2017

राजदुत कार्कीले एनआरएन अमेरिका को छैठो साधारण सभामा यसो किन भने ? महत्वपूर्ण सारगर्भित कुरा

अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की बिद्या वारिधि )ले एनआरएन अमेरिका को मेरिल्याण्ड राज्यको बाल्टिमोरमा सम्पन्न छैठो साधारण सभामा सम्बोधन गर्ने क्रम को पहिलो पंक्तिमा आफुले केहि कुराहरु राख्ने तयार गरेर आएको थिए तर यहाँ कुराहरु सुन्दै जाँदा आफु हौसिएको पनि थिए तर कुराहरु सुन्दै सुन्दै गर्दा निरास पनि भएको बताए l

राजदुत कार्कीले तपाईहरु संग नेपालले ठुलो आशा गरेको छ भन्दै हामीहरुले तपाईहरुबाट बेला बेलामा थुप्रै सल्लाह सुझाव पाउने गरेको उल्लेख गरे l तपाईहरुबाट धेरै आलोचना पनि सुनेका छौ l विदेशमा बस्ने युरोप र अमेरिकामा बस्ने बाट धेरै कुराहरु सिक्न सक्छौ कार्कीले कुरा राखे l थुप्रै कुराहरु जान्न पनि सक्छौ l मुलुकले तपाईहरु बाट धेरै लाभ लिन संक्ने र आशाबादी पनि भएको बताए l

राजदुत कार्कीले तपाईहरु बिच उभिएर के भन्न चाहन्छु भने जुन कुरा तपाईले नेपाल सरकार ,नेता प्रधान मन्त्रिहरुलाई सिकाउनु हुन्छ l हामीहरुलाई सुझाव दिनु हुन्छ त्यो कुराले हामीलाई उत्साहित बनाउछ l उनले अगाडी कुराहरु राख्दै तर त्यो भन्दा उत्साहित हामी के कुरामा उत्साहित हुने थियौ भने जुन सुझाव र सल्लाह तपाईहरु बीच लागु भयो भने हामी अझ उत्साहित हुने थियौ भने l

उनले अगाडी कुरा राख्दै जुन ज्ञान र शिप यहाँ हरु संग छ त्यो सिंगो मुलुकले फाइदा लिन चाहन्छ भने तपाईहरु फुट्नु भएन र एकता हुनु पर्यो भन्ने सुझाव दिदा हामीमा जिम्मेबार बोध हुन्छ भने l राजदुत कार्कीले त्यस्तो यहाँहरु बिच नदेख्दा हामी दुखित हुन्छौ भने l उनले मन्तब्य कै क्रममा संसार भर बस्ने सवै नेपालीहरु लाई स्थाई राजदुत भएको हेर्न चाहन्छौ भने l

उनले अघि भने एउटा कोठामा बस्ने तपाईहरुमा एकता भयो भने म भन्दा शक्तिशाली हुनु हुन्छ भन्ने कुरा स्मरण गराए l सवै को लागि अमेरिका नमुना बन्नु पर्ने उल्लेख गरे भने l तपाईहरु तपाई लाई माया गर्नुस l तपाईहरु आफुलाई माया गरि रहनु भएको छैन भन्ने कुरा स्पष्ट राखे l

मन्तब्य कै क्रममा राजदुत कार्कीले तपाईहरुका सवै समस्याहरु शेष घले को टाउकोमा थुपार्नु भयो भने समस्याको समधान नहुने बताए l उनले भने तपाईहरुमा एकता भयो भने तपाई र नेपाल लाई पनि हित हुने बताए l राजदुत कार्कीले आफु भित्र रहेका आपसी मतभेद कुराहरुमा ५ -७ जना कोठा थुनेर आपसमा बसेर मस्तिस्क मन्थन गर्न आग्रह गरे l र समाधान हुने बताए l

उनले मन्तब्य को क्रममा आज यो कुराहरु राख्न आफु नआएको स्मरण गराउदै अन्तिममा अमेरिकन सरकारले ५० अर्ब दिएको चर्चा गरे l त्यो पनि तपाईहरुले तिरेको कर बाट नेपाल सरकारले प्राप्त गरेको कुरा चर्चा गरे l कार्कीले नेपाल सरकार र आफ्नो तर्फ बाट छैठो साधारण सभाको सफलताको कामना सहित नया कार्यकारी समितिलाई बधाई दिए l

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...