आदरणीय मित्रजन तथा आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरुमा हार्दिक निमन्त्रणा !
डिसी नेपाली समाज,अमेरिकाले विगतका वर्षहरूमा आयोजना गरेका कार्यक्रमको अपार सफलता तथा यहाँहरूको उच्च मूल्याङ्कन एवम् उपस्थित भक्तजनहरु प्रति आभार व्यक्त गर्दै यस वर्ष पनि डिसी मेट्रो क्षेत्र तथा अमेरिकामा बस्ने सम्पूर्ण हिन्दु धर्माबलम्बी तथा श्रद्धालु भक्तजनहरुका लागि बडादशै २०७३ को अवसरमा यही September 21 तारिख, बिहिबार वैदिक विधिपूर्वक घटस्थापन गरी अष्टमीको दिन बिहान पूजा तथा साँझ मालसिरी भजन किर्तनको कार्यक्रम समेत रखिएको हुँदा उक्त दिनहरूमा गरिमामय उपस्थितिको कामना गर्दै SEPTEMBER 30तारिख शनिबार (विजयादशमी) को दिन नबदुर्गा भवानीको पूजा आराधनाको कार्यक्रम गरिने भएकोले सम्पूर्ण श्रदालु महानुभावहरुलाई दुर्गा भवानीको दर्शन तथा ज्योतिष पण्डित श्री राजेन्द्र खनालद्वारा आशिर्वचन् सहित् टीका तथा जमरा ग्रहण गर्नका लागि उपस्थित भैदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ ।
नोट : छुट्टै जमरा राख्नको लागि सेप्टेम्बर 20 तारिखसम्म सम्पर्क गर्नु होला ।
कार्यक्रम समय तालिका
SEPTEMBER 21 तारिख घटस्थापनाको दिन नबदुर्गा पूजा आरम्भ तथा जमरा रोप्ने । बिहान ७ बजेदेखि ९ बजेसम्म
SEPTEMBER 27, 2017 Wednesday फूलपातीको दिन फूलपाती भित्र्याउने बेलुका ६ बजे देखि ७ बजेसम्म
SEPTEMBER 28, 2017 THURSDAYमहाअष्टमी विशेष पूजा बिहान ७ बजे देखि ९ बजेसम्म, साँझ : मालसिरी भजन किर्तन बेलुका ७:३० देखि ०९:३० बजेसम्म
SEPTEMBER 29, 2017 Friday
महानवमी तथा कुमारी पूजा विहान ७-९ बजेसम्म
SEPTEMBER 30, 2017 SATURDAY विजयादशमीको टीका तथा जमरा वितरण बिहान 7 बजेदेखि 10 बजेसम्म
पूजा तथा कार्यक्रम स्थल : 14102 Wood Rock Way, Centreville, VA, 20121
थप जानकारीका लागि सम्पर्क
अरुण रुपाखेती 703-909-7123
ददि राम ढुंगाना (571) 438-5499
राजेन्द्र खनाल 703-870-6480
हरिकृष्ण पुडासैनि 571-215-2422
कमल पोखरेल 571-242-5280
चेतन सिटौला 703-477-9320
सुशील थापा 703-220-8315
गीता ढुंगेल 703-209-1533
कृष्ण चापागाई 703-505-2429
राम मिश्र 703-663-8766
मधु अर्याल 703-994-2566
मोहन ढुंगाना 571-285-7809
अर्जुन ढुंगेल 703-317-7413
गीता ढुंगेल 703-317-7413
No comments:
Post a Comment