गैर-आवासीय नेपाली संघ एनअारएनए जापानको निर्वाचन सम्पन्न भएको छ अनलाइन भोटिंग मार्फत गरिएको निर्वाचनमा ७२.६५ % भोट अर्थात ७५०३ मत खसेको निर्वाचन आयोगले जनाएको छ । बिहान १०:२० बजेबाट सुरु भएको निर्वाचन प्रक्रिया साँझ ६:२० बजेबाट सकिएको हो ।
निर्वाचनमा उपाध्यक्षमा शिब प्रसाद पौडेल ४२७६ मत र सरोज कुमार खत्रीले ३९५८ मत पाएर विजयी भएका छन। भने छत्रबहादुर दाहालले १६०० मत, द्राेण प्रसाद सिलवालले ९९२ मत र जीवन न्याैपानेले ९५५ मत पाएका छन। यस्तै सचिवमा जनक कुमार शाहीले ३७७४ मत पाएर विजयी भए भनेवासुदेव लामिछानेले ३१९१ मत पाए।
महिला सदस्यमा सिर्जना पाण्डेले ३३४० मत विजयी भर्इन भने महिला सदस्य तर्फ गीता अाचार्यले २८५५ तथा कमला गैरेले ७८६ मत पाएकी छन। त्यस्तै सदस्यमा हस्त लामा ३००१ मत, बालकृष्ण कँडेल हिमाल २५८७ मत, लालबहादुर रावल आशिष २५६२ मत, नारायण खडका २४४४ मत र राजन पौडेल २४१२ मत ल्याएर विजयी भएका छन् । भने अन्य पदाधिकारीहरु उत्तमकुमार श्रेष्ठले २२४४ मत, अस्मीता लामा वार्इवाले १६७४ मत, नरेन्द्रराज सापकाेटाले १४३८ मत पाए। यसैगरि कुमार कार्कीले ११२२ मत, राजु पनेरुले १११३ मत, डिलाराम गैरे ९५४, चेतराम गैरे चेतन ९२२, सुरेश रेग्मीले ७२५, टिकाराम कँडेलले ७०१, साेमनाथ लम्सालले ५८२ मत पाएका छन। यस्तै जगतबहादुर खडकाले ५५६ मत, दयाराम खरेलले ५१०, दिनेश लोहनी ४७८, विक्रम खत्री ४३३, श्याम गोपाल कँडेल ४१२ मत र डिल्लीराम सिवाकोटीले ४०१ मत पाएका छन।
जापानका १३ वटै क्षेत्रमा शान्ति पूर्ण रुपमा निर्वाचन सम्पन्न भएको, साथै उत्साहपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। समितिका संयोजक ओम गुरुङका अनुसार सतप्रतिशत मत खस्ने अनुमान गरेको भएपनि ७२.६५% खस्यो, यसलाई पनि हामीले सकारात्मक र उत्साहजनक मानेका छौ।
त्यस्तै गैर-आवासीय नेपाली संघ एनआरएनए जापानका अध्यक्ष सुदन थापाका अनुसार हामीले जुन रुपमा मेहनत गरेका थियौं, सोहि अनुरुपले उत्साह पूर्वकरुपमा मतदान गरेको बताए । हामीले रिक्स मोलेर भए पनि नयाँ प्रणाली अनलाइन भोटिंग अपनायौ, जुन सफल भएको छ।
सबैले घरमै बसेर मोबाइल बाट र कम्युटर मार्फत भोट हालेका कारण यो मात्रामा मत खसेको उनको बुझाई छ। समस्याहरु थिए, पासवर्डहरु बिर्सने, भोट हाल्न नसक्ने पनि थिए तर सकेसम्म हामीले वुथहरु राखेर पनि धेरै भन्दा धेरै मत खस्ने वातावरण मिलायौं, थापाले नेपाल जापान डटकमसंग भने।
साथै निर्वाचन प्रकिया सफल वनाउन सहयोग गर्ने सवैमा अध्यक्ष थापाले धन्यवाद तथा आभार प्रकट गरेका छन।
आईतबार उपाध्यक्ष दुई पद, सचिव एक, महिला सदस्य एक पद र खुल्ला सदस्य तर्फ पाँच पदका लागि अनलाईन मार्फत भोटिंग गरिएको थियो। आजको मतदानको नतिजा भने सेप्टेम्वर चार तारिक सार्वजानिक गरिने छ।
यता एनआरएनए जापानको अध्यक्ष, बरिष्ट उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष लगायतका केहि पदहरुमा भने सर्ब-सहमतिमा चयन भैसकेको छन ।
No comments:
Post a Comment