Sunday, September 3, 2017

जनक बर्तौला अखिल नेपाल खेलकुद महासंघको केन्द्रिय उपाधक्ष्यमा बिजयी

काठमाडौँ । नेपाली खेलकुदको बृहत्तर बिकाशमा सक्रिय रहेर सदैब खेलकुदको हकहितमा बोल्दै अनि लड्दै आएका क्योकुसिन करातेको प्रशिक्षक जनक बर्तौला अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय उपाधक्ष्यमा बिजयी भएका छन l अखिल नेपाल खेलकुद महासंघ एकताको प्रथम राष्ट्रिय सम्मेलन बाट उनि सर्ब सम्मत रुपमा अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय उपाध्यक्ष्य, प्रदेश न. ३ फ्र्याक्सन कमिटिका इञ्चार्जका रुपमा छानिएका हुन् l

यस भन्दा अगाडिको कार्यकालमा समेत केन्द्रिय उपाधक्ष्य रहिसकेका उनि नेकपा माओबादि पार्टी भित्र पनि प्रभावशाली नेताको रुपमा चिर परिचित छन l अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय उपाध्यक्ष्य, प्रदेश न. ३ फ्र्याक्सन कमिटिका इञ्चार्ज तथा ट्रेड युनियन महासंघका केन्द्रिय सदश्य समेत रहेका प्रभावशाली नेता जनक बर्तौला बिगत लामो समय देखि माओबादि पार्टीमा राजनीति गर्दै आएका र हक्की र निडर स्वभावका व्यक्ति हुन, सधै अन्यायको बिरुद्दमा आवाज उठाउने उनि माओबादी पार्टीका मजदुर नेता समेत रहेका छन l

अन्याय र अत्याचारको बिरुद्द सधै अगाडी बढ्ने जनक बर्तौलाको कामको शैली उनको मिलनसार ब्यबहार, महासंघ भित्रको इमान्दारिता, खेलकुद र खेलाडीको हितमा सधै बैचारिक लडाइमा आफुलाई समर्पित गर्दै पार्टी भित्र र बाहिर पनि सदैब अरुको हितको लागि काम गर्ने कारणले गर्दानै उनि अखिल नेपाल खेलकुद महासंघ एकताको प्रथम राष्ट्रिय सम्मेलन बाट केन्द्रिय उपाधक्ष्य तथा प्रदेश न. ३ फ्र्याक्सन कमिटिका इञ्चार्ज जस्तो गरिमामय पदमा सर्बसम्मत रुपमा चुनिएका अन्य अखिल नेपाल खेलकुद महासंघका प्रतिनिधिहरु बाताउछन l पुर्ब उप प्रधानमन्त्रि तथा नेकपा माओबादि केन्द्रका प्रभावशाली नेता टोप बहादुर रायमाझीको प्रमुख आतिथ्य तथा पुर्ब खेलकुद मन्त्रि माननीय दलजित श्रीपलिको बिशेष आतिथ्यमा सम्पन्नल उक्त सम्मेलन मा अन्य दलका नेता तथा खेलकुद प्रमुखहरुको समेत उपस्थिति रहेको थियो l

विभिन्न समयमा विभिन्न उदारणीय कार्य गरेर सधै चर्चामा रहने जनक बर्तौला भन्छन अबको दिनमा अझ बढी समय खर्चेर भए पनि खेलकुद र खेलाडीको पक्षमा लड्ने र उनीहरुको हकहित तथा समग्र राष्ट्रको शिर उच्च राख्दै अखिल नेपाल खेलकुद महासंघलाइ मुलुकको नै एक गौरवशाली सस्थाको रुपमा सस्थागत गर्दै लैजाने र अहिले सम्म खेलकुद भएका बिकृतिहरुलाई चिर्दै तथा पहिचान गर्दै नेपालि खेलकुद बिकाशलाई अन्तराष्ट्रिय स्तरमा लिएर जाने कुरा उनि बताउछन l उनि एक कुशल खेलाडी समेत हुन, क्योकुसिन करातेको प्रशिक्षक समेत रहेका जनक बर्तौला खेलाडी मात्र नभएर पर्यटन ब्यबसायी र कलाकार समेत रहेका छन l

पछिल्लो समय नेपाल टेलिभिजन बाट प्रसारण हुने हास्य ब्यङ्ग टेली चलचित्र हाक्का हाक्किमा जनक डनको भूमिका बाट एका एक चार्चामा आएका जनक समाजसेवामा पनि त्यतिकै झुकाब राख्दछन l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...