Tuesday, September 12, 2017

डिआइजी सिलवालको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ, २७ भदौ । सर्वोच्च अदालतले प्रहरी नायब महानिरीक्षक (डिआइजी) नवराज सिलवालले दायर गर्नुभएको रिट निवेदन खारेज गरको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको बृहद् पूर्ण इजलासले डिआइजी सिलवालको रिट आज खारेज गरेको हो । सरकारले चार वर्षका लागि प्रहरी महानिरीक्षकमा नियुक्त प्रकाश अर्यालको नियुक्ति कानुनसम्मत देखिएकाले सिलवालको रिट अगाडि बढाउन आवश्यक नभएको समेत सर्वोच्चले ठहर गरेको छ ।

प्रधानन्यायाधीश पराजुली, न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह रावत र पुरुषोत्तम भण्डारीको बृहद् पूर्ण इजलासले सो फैसला गरको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...