Wednesday, September 27, 2017

निर्माणाधीन सेफ्टी ट्यांकीमा रौतहटमा तीनको मृत्यु

सञ्जय मित्र
सेफ्टी ट्यांकीमा निस्सासिएर रौतहटमा तीनजनाको मृत्यु भएको छ । रौतहटको यमुनामाई गाउँपालिका १ मा यस्तो दुर्घटना भएको हो । एक महिना पहिले ढलान गरिएको सेफ्टी ट्यांकीमा प्रयोग गरिएको काठ हटाउन गएका घरबेटी अजय बैठा, परोहा नगरपालिका १ का विजय बैठा र देवाही गोनाही नगरपालिका २ लक्ष्मीनियाका नागेश्वर माझीको मृत्यु भएको छ ।
सेफ्टी ट्यांकीभित्र पसेका विजय र नागेश्वरलाई बोलाउँदा नबोलेपछि हेर्न पसेका घरबेटी अजय पनि केही बेरपछि बोल्न छाडेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सेफ्टी ट्यांकीभित्र पसेका प्रहरी पनि निस्सासिन थालेपछि डोजरको मदतले पर्खाल भत्काएर तीनजनालाई बाहिर निकालिएको थियो । जिल्ला अस्पताल गौर पु¥याउँदा तीनैजनाको मृत्यु भइसकेको घोषणा गरिएको थियो ।

टयांकीभित्र अक्सिजनको कमी भएर निस्सासिएर तीनजनाको मृत्यु भएको बताउँदै जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...