Sunday, September 24, 2017

युवा गायिका निक्की कार्कीलाई यौन दुर्व्यवहार गर्ने सुशील नेपाल साधारण सदस्य बाटै निष्काशित

यूवा कलाकार निक्की कार्कीलाई यौन उत्पीडनको प्रयास गर्ने सुशील नेपाललाई संस्थाले साधारण सदस्य बाट निष्काशित गरेको छ l गत सेप्टेम्बर २३ तारिखमा अमेरिकाको नर्थ क्यारोलिनामा बसेको नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा )को चौथो बिशेष आकस्मिक बैठकले उक्त निर्णय गरेको हो l

उक्त बैठकमा नव निर्वाचित कार्यकारी उपाध्यक्ष सुशील नेपाल स्वयम् उपस्थित भएका थिए l उनलाई संस्थाको बिधान अनुसार साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको छ l उनलाई नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा )को बिधानको धारा ५ ,परिच्छेद १ को उपधारा १ अनुसार कारवाई गर्दै निस्काशित गरेको हो l

बिधान को साथै संस्था को छबिलाई उच्छृंखल गतिबाट अहितकर बनाएकोले सेप्टेम्बर २३ तारिख शनिबार कै दिन देखि लागु हुने गरि निस्काशन गरेको निर्णय गरेको कुरा नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा )का अध्यक्ष माधव ढकाल तथा महा सचिब कृष्ण श्रेष्ठ द्वारा जारी छापा बिज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ l

नेपालले २० बर्षिय युवा कलाकार निक्की कार्कीलाई गत सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सार्लोट शहरमा आयोजित नासा-अन्माको संयुक्त सम्मेलनको अन्तिम दिनको सांगीतिक कार्यक्रममा सहभागी हुन आएकी युवा गायिका निक्की कार्की माथि उनले यौन दुर्व्यहार गरेका थिए l

पिडित कार्कीले संस्थागत कारवाही ढिलो भएकोले उनले आफुमा परेको पिडा सामाजिक संजाल मुहार पुस्तिका (फेसबुक ) मार्फत प्रत्यक्ष प्रसारणमा आफुले भोगेका कुराहरु र सुशील नेपालले भनेका कुराहरु आफ्ना दर्शक ,शुभचिन्तक तथा बिश्व भर छरिएर रहेका नेपाली समुदायलाई सम्बोधन गरेकी थिइन् l

आरोपी र पीडक सुशील नेपाल २०१५ -२०१७ का कार्यकारी समितिका सदस्य तथा २०१७ -२०१९ का कार्यकारी उपाध्यक्ष समेत रहेका थिए l

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...