Sunday, September 17, 2017

प्रदेश नम्बर – २ मा एमाले नै पहिलो शक्ति हुन्छ– नेता खरेल

सुरुङ्गा ,झापा, २ असोज : नेकपा एमालेका पोलिटब्यूरो सदस्य अग्नि खरेलले प्रदेश नम्बर–२ मा भएको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्ति हुने दाबी गर्नुभएको छ ।

पूर्व कानून मन्त्रीसमेत रहनुभएका खरेलले मधेश र मधेशी जनताप्रति एमालेको आशा र विश्वास नडग्मगाएका कारण नेकपा एमाले पहिलो शक्ति हुन्छ भन्नुभयो ।

एमाले प्रचार विभाग झापाले आज बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता खरेलले नेपाली काँग्रेस र माओवादी केन्द्रको संयुक्त सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक कानून बनाउनुको सट्टा छलछाम गरेरै अघि बढ्न चाहिरहेको आरोपसमेत उहाँले लगाउनुभएको छ ।

व्यवस्थापिका–संसद्को अवधि कात्तिक ४ गते सकिन लागेको भए पनि आवश्यक निर्वाचन ऐन तथा कानून सरकारले संसद्मा छलफलका लागि नल्याएको भन्दै नेता खरेलले राष्ट्रियसभा निर्वाचन, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनका लागि हालसम्म कुनै ऐन प्रस्ताव नगरेको नेता खरेलले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...